२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

ब्युटिपार्लर एसोसिएसनद्धारा इशानको मृत्युको निष्पक्ष छानबिनको माग

पोखरा ।
इशान शर्मा पौडेलको मृत्यु दुर्घटना नभई योजनावद्ध हत्या भएको दाबी गर्दै ब्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेश, कास्की जिल्ला, स्याङ्जा जिल्ला र लेखनाथ इकाईले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारवाहीको माग गरेका छन ।
ब्युटिपार्लर एसोसिएसनका बरिस्ठ सल्लाहकार चिनु गुरुङले प्रहरी प्रशासनले सार्वजनिक गरेको प्रारम्भिक विज्ञप्ति बनावटी रहेको आरोप लगाउँदै घटनाको गम्भीर, निष्पक्ष र पारदर्शी अनुसन्धान हुनुपर्ने बताइन् । उनले इशनले कुनै पनि हालतमा न्याय पाउनुपर्नेमा जोड दिइन ।

कार्यक्रममा ब्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशकी अध्यक्ष बविता के.सी. कार्कीले ध्यानाकर्षण पत्र वाचन गरिन्। कार्कीले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा सजाय तथा अनुसन्धानको प्रगति नियमित रूपमा सार्वजनिक गर्न माग गरिन्। “न्याय ढिलो हुनु भनेको न्याय नहुनु हो,” भन्दै इशानलाई न्याय नपाएसम्म आवाज नरोकिने बताइन ।इशान शर्मा पौडेल स्थानीय बुद्धदीप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए । उनी तेक्वान्दो खेलाडी तथा प्रशिक्षकसमेत थिए ।

घटनाबारे प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले पारदर्शी छानबिन भइरहेको जानकारी दिँदै प्रशासन यस विषयमा गम्भीर रहेको बताए । उनले अनुसन्धानमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर छेत्रीले घट्नाको सत्यतथ्य तथा निस्पक्ष छानबिन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

परिवारजनका अनुसार पुस २ गते इशान विद्यालय तथा जिम हाउस गएपछि घर नफर्किएपछि खोजी सुरु गरिएको थियो। पुस ३ गते घर नजिकै सडक किनारको नालीमुनि इशानको शव फेला परेको थियो। प्रहरीको प्रारम्भिक रिपोर्टलाई अस्वीकार गर्दै परिवारजन र स्थानीयले योजनावद्ध हत्या भएको दाबी गर्दै आएका छन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।