२०८३ कार्तिक १५ शनिबार
२०८३ कार्तिक १५ शनिबार

एनटिभिए गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन कार्यक्रम आजदेखि

 
पोखरा  । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले आजबाट पोखरादेखि ढोरपाटनसम्मलाई लक्षित गरी पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । आन्तरिक पर्यटनको प्रवद्र्धनको उद्दे्श्यका साथ बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुुर्गादत्त दहालले जानकारी दिनुुभयो ।
 
कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहित ४५ जनाको सहभागिता रहेको छ । प्रवद्र्धन टोलीललाई पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पदान समितिका संयोजक गोपिबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने लगायतले पोखराबाट औपचारिक विदाई गर्नुभएको थियो  । 
 
कार्यक्रम अन्तर्गत नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा आज बाग्लुङमा कास्कीको घान्द्रुक, बाग्लुुङ, म्याग्दी र पर्वतका यातायात सम्बद्ध व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम प्रदान गरिने संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद अचार्यले जानकारी दिनुुभयो । 
 
उहाँका अनुसार ढोरपाटनमा शुक्रबार त्यहाँका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका साथै आन्तरिक पर्यटनको विकास सम्बन्धमा छलफल एवम् अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ । प्रवद्र्धन टोली २६ गते पोखरा फर्कने  आयोजकले जनाइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।