२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

कास्की कारागारमा ३ सय कैदी फरार

पोखरा । जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट धेरै कैदीबन्दी भागेका थिए। तीमध्ये अझै ३ सय जना फर्किएका छैनन्।

कारागारमा रहेका ७ सय ७३ कैदीमध्ये ४ सय ७४ जना मात्र फर्किएका छन्। कारागार प्रमुख रमेश शर्माले यो जानकारी दिएका हुन्।

उनका अनुसार फरारमध्ये १४ जना विदेशी नागरिक पनि छन्। कारागारमा ७ सय ३८ पुरुष र ३५ महिला थिए।

भागेकाहरुलाई तुरुन्त फर्किन सूचना जारी गरिएको थियो। असोज २० गतेसम्म म्याद दिइए पनि अझै ३ सय जना बाहिरै छन्।

शर्माले भने, “अब नफर्किनेहरुलाई कारागार ऐन २०७९ अनुसार कारबाही हुनेछ।” उनले थपे, “फरारलाई लुकाउने वा सहयोग गर्ने पनि कानुनी कारबाहीको दायरामा पर्छ।”

कारागार कार्यालय कास्कीले जनतालाई सहयोग गर्न आग्रह गरेको छ। यदि फरार कैदीबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।