काठमाडौँको नयाँबानेश्वर क्षेत्रमा जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक मोड लिँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन्।

संसद भवन अगाडिको झडपमा घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा सिभिल अस्पतालमा निधन भएको अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले पुष्टि गरेका छन्।
प्रहरीका एक उच्च अधिकृतका अनुसार झडपमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फ करिब ७० जना घाइते भएका छन्। घाइतेहरूलाई मीनभवनस्थित सिभिल अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि राजधानीमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।
#GenZProtest #NepalProtest #BaneshworClash #StopCorruption #SocialMediaBan #NepalYouth #BreakingNews









