अमेरिकी नौसेनाको एफ–३५ लडाकु विमान क्यालिफोर्नियामा दुर्घटनाग्रस्त क्यालिफोर्नियाको नेभल एयर स्टेसन लेमूर नजिक अमेरिकी नौसेनाको एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। विमान पाइलटले समयमै ज्यान जोगाएका छन्। प्रशिक्षण उडानका क्रममा भएको दुर्घटनाबारे हाल अनुसन्धान जारी छ। विमानको मूल्य करिब १० करोड डलर रहेको जनाइएको छ।










