बीच बी२०० सुपर किंग एयर यात्रु विमान आइतबार दिउँसो करिब ४ बजे एसेक्सको लन्डन साउथेन्ड विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

यो विमान नेदरल्यान्ड्सतर्फ जाँदै थियो। यो जेटमा १३ यात्रु र दुई चालक दलका सदस्य अटाउन सक्छन्।
एम्बुलेन्स टोली र एसेक्स प्रहरी घटनास्थलमा पुगेका छन्।









