२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

“रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि र खाद्य सुरक्षामा दीर्घकालीन असर : मन्त्री अधिकारी”

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन नकारात्मक असर परेको बताएका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक स्रोतहरूको ह्रास र रासायनिक मल तथा विषादीको दुरुपयोगले यी समस्याहरू निम्त्याएको उल्लेख गरे।

उनले हरित अर्थतन्त्रले यस्ता समस्याहरूको दीर्घकालीन समाधानको बाटो देखाएको बताए। “हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील छ। अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्यावरणमैत्री प्रणाली र नवीन कृषि प्रविधिमा जोड दिनुपर्छ,” मन्त्री अधिकारीले भने।

उनले कृषिमा हरित लगानी वृद्धि, नवीकरणीय ऊर्जा र जल व्यवस्थापनमा संसद् र सरकारको साझा दृष्टिकोण आवश्यक रहेको बताए। “यसका लागि युवा नेतृत्वसँगको सहकार्यमा अघि बढ्नुपर्छ,” उनले थपे।

मन्त्री अधिकारीले आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिए। “हाम्रो पूँजीको सही उपयोग हरित दृष्टिकोणबाट मात्र सम्भव छ। त्यसैले हरित नारालाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ,” उनले भने

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।