२०८३ कार्तिक १७ सोमबार
२०८३ कार्तिक १७ सोमबार

“प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपतिबीच दोहामा भेटवार्ता”

प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटका क्रममा नेपाल र तान्जानियाबीचको आपसी सम्बन्धका विविध पक्षहरूबारे छलफल भएको छ। भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायतको सहभागिता थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।