२०८३ कार्तिक १७ सोमबार
२०८३ कार्तिक १७ सोमबार

“दोहाको रद्द उडान आज मध्याह्न १२ बजे हुने”

इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तय गरिएको छ। नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो, तर कतारमा उत्पन्न तनावका कारण उक्त उडान रद्द गरिएको थियो। हाल दोहामा हवाई मार्ग खुला गरिएको र स्थिति शान्त बन्दै गएकाले आज मध्याह्न १२ बजे उडान सञ्चालन हुने भएको हो।

सोमबार राति विमानमा यात्रुहरूलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सूचना प्राप्त भएको थियो। यसका कारण वैदेशिक रोजगारीका लागि दोहा जान लागेका अधिकांश यात्रुहरू अलमलमा परेका थिए। उनीहरू सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै बास बसेका थिए। राति १ बजेको आसपासमा प्रहरीले उनीहरूलाई विमानस्थलबाट हटाएको थियो।

रातिदेखि उडान सञ्चालन नहुँदा यात्रुहरू अहिले पनि विमानस्थलमा अलमलमा छन्। नेपाल एयरलाइन्सले सम्बन्धित सबै यात्रुहरूलाई तोकिएको समयमा विमानस्थलमा उपस्थित हुन अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।