२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

  कुमुदिनी होम्समा नेपाली वक्तृत्वकला सम्पन्न

 पोखरा ।

पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा सोमबार अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत तह(६-८) र माध्यमिक तह (९ र १०) को नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको आधारभूत तहको वक्तृत्वकलामा  कक्षा ७ (ख) का आदित्य खत्री प्रथम, कक्षा ७ (ग) की  संस्कृति गैह्रे द्वितीय,  कक्षा ७(क) की आयुषा लामा तृतीय र कक्षा ६ (ग) की रविना महतरा सान्त्वना भएका छन् ।

शिक्षकहरू सुरेन्द्र सदिच्छा र सुस्मा आमात्य निर्णायक रहेको कार्यक्रम शिक्षक श्रवणकुमार तिमिल्सिनाको प्राविधिक सहयोग र शिक्षक भुवन गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै  गणित विषय शिक्षक मन बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको  माध्यमिक तह अन्तर्गतको प्रतियोगितामा कक्षा ९ (क) की आभना सिंह विश्वकर्मा प्रथम, कक्षा १० ( ग) का प्रतीक  पौडेल द्वितीय , कक्षा १० (ख) का सक्षम गैह्रे तृतीय  र कक्षा ९ (ग) की दिव्या आचार्यले सान्त्वना स्थान हाँसिल गरेका थिए ।

शिक्षकहरू दिपक के.सी. र  इन्द्रप्रसाद सुवेदी निर्णायक रहेको कार्यक्रम शिक्षक  उमा पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो भने शिक्षक आशिष गुरुङको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र र विभिन्न साहित्यिक कृतिहरू पुरस्कार स्वरूप प्रदान गरिएको कुरा अतिरिक्त क्रियाकलाप इन्चार्ज शिक्षक दिपेन्द्र थापा मगरले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।