२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

प्लास्टिक प्रदुर्षण विरुद्ध पोखरा लनर्स एकेडेमी

पोखरा ।
सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा लनर्स एकेडेमीले प्लास्टिक प्रदूषण विरुद्ध ७ दिने अभियान सुरु गरेको छ । गत जेठ १८ देखि २३ गतेसम्म वातावरण सप्ताह मनाउने अभियान अन्तर्गत कक्षा ६, ७ र ८ कक्षामा अध्ययनरत विद्यार्थीले पोखरा ६ लेकसाइड केदारेश्वर मन्दिर परिसरमा सफाई गर्दैै निरन्तरता दिएको विद्यालयका प्राचार्य विधान गौतमले जानकारी दिए ।

विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत पोखरा ७ स्थित पोखरा लनर्स एकेडेमीले सरसफाइ अभियानलाई तीव्रता दिएको हो । वातावरण सप्ताहको अवसरमा विद्यार्थीहरुले केदारेश्वर मन्दिर परिसरमा सफाइ कार्यक्रम सम्पन्न गर्दै यस वर्षको विश्व वातावरण दिवसलाई सफल बनाउने प्रतिववद्धता जनाएका छन् । ‘प्लास्टिक प्रदूर्षण विरुद्ध एकजुट होऔं’ भन्ने नारालाई मनन् गर्दै उनीहरूले प्लास्टिक र अन्य फोहोर संकलन गरी वातावरण संरक्षणको सन्देश दिएका थिए ।

सहभागी विद्यार्थीले भने, ‘हामीले प्लास्टिकले गर्दा हाम्रो ऐतिहासिक मन्दिर र प्राकृतिक सौन्दर्य बिग्रिरहेको महसुस गरेका छौं। त्यसैले हामीले सरसफाइको माध्यमबाट प्लास्टिक प्रदूर्षण विरुद्ध अभियान थालेका छौं।’ विद्यालयका माध्यमिक तहका संयोजक कृष्णप्रसाद लम्सालले विद्यार्थीहरुको सक्रियताप्रति प्रशंसा गर्दै भने, ‘विद्यार्थीमा वातावरणीय चेतना जगाउनु र प्लास्टिक प्रदूर्षण विरुद्ध व्यवहारिक कदम चाल्न प्रेरित गर्नु हाम्रो मुख्य उद्देश्य हो।‘ यसैक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले पोस्टर बनाउने, निबन्ध लेख्ने, वादविवाद प्रतियोगिता जस्ता गतिविधिहरु सञ्चालन गर्दै आएका छन् ।

प्लास्टिक प्रदूर्षण न्यूनीकरणमा आफ्नो योगदान पु¥याउने लक्ष्य लिएको विद्यालयले आगामी दिनहरुमा प्लास्टिकलाई घटाउने, पुनः प्रयोग गर्ने र पुनःप्रशोधन गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने योजना बनाएको छ । वातावरण सप्ताह अन्त्यमा सरसफाइ कार्यमा सक्रिय सहभागी विद्यार्थीहरुलाई सम्मान र पुरस्कार वितरण तथा आगामी दिनमा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका शिक्षक आदर्श घिमिरेले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।