२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

हजमोलामा सिसा भेटिएपछि अनुसन्धान सुरु

मकवानपुर

। हेटौँडा उपमहानगरपालिका ७ मिलनचोक हजमोला (चट्कोला) खाँदा जिब्रोमा घाउ भएको र सिसाको टुक्रा फेला परेको भन्दै स्थानीय प्रशासनले अनुसन्धान थालेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर र खाद्य गुणस्तर तथा प्रविधि नियन्त्रण कार्यालय, हेटौँडाले हजमोला खाँदा जिब्रोमा घाउ भएको पीडित पक्षको गुनासोपछि हजमोलाको नमुना सङ्कलन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

हेटौँडा ७ की वर्ष २४ की इस्मिता पौडेल र हेटौँडा ४ बस्ने वर्ष २५ की श्रेय रिजनलले हेटौँडा ४ पारिजात पथमा सञ्चालन गरिएको एक पसल (मार्ट) बाट हजमोला (चट्कोला) किनेर लगेकोमा निज दुवै जनाले खाँदा दुवै जनाको जिब्रोमा चोट लागेको र सिसाका कारण घाउ भएको जनाउनुभएको छ ।

उनीहरूले हजमोला चपाउँदा सिसा चपाएको जस्तो महसुस भएको जनाएका छन् । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले स्थानीयको गुनासो र उक्त घटना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय र खाद्य गुणस्तर तथा प्रविधि नियन्त्रण कार्यालय मकवानपुरको संयुक्त टोलीले उक्त मार्टमा अनुगमन गरी नमुना सङ्कलन गरेको बताउनुभयो ।

यस्तै खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत पङ्कज दाहालले अनुगमन टोलीले उक्त पसलमा बिक्रीका लागि राखिएको हजमोलाका ११ बोतल सङ्कलन गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । प्रयोगशालामा अनुसन्धान थालेका छौँ उहाँले भन्नुभयो, अनुसन्धानका प्रतिवेदन नआएसम्म उक्त पसलमा हजमोला बिक्रीमा रोक लगाइएको छ र अन्य केही पसलबाट पनि नमुना सङ्कलन गरिएको छ ।

उहाँले हजमोलाका उत्पादनमा केही असामान्य तत्त्व भेटिएको उजुरीपछि नमुना सङ्कलन गरी अनुसन्धान सुरु गरिएको बताउनुभयो । उक्त चट्कोलाभित्र सिसाको टुक्रा फेला परेको पौडेल र रिजालको भनाई छ । दुवै जनाले चट्कोला सेवन गर्दा जिब्रोमा चोट लागेपछि हेटौँडा अस्पताल उपचार गरिएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।