२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीद्धारा इभी चार्जिङ स्टेशन सञ्चालन

पोखरा ।
पोखराको जिरो किमी नजिकै फिर्केमा रहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिमा सञ्चालनमा ल्याइएको इभी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । आफ्ना कम्पनीमा आवद्ध ब्यवसायी तथा अन्य ब्यवसायीहरुलाई लक्षित गरी हालै सञ्चालनमा ल्याइएको इभी फास्ट चार्जिङ स्टेशनको एक कार्यक्रमका बीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका संरक्षक केशव प्रसाद अधिकारीले उद्घाटन गरे ।

सो अवसरमा वोल्दै कम्पनीका संरक्षक केशव प्रसाद अधिकारीले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी समय अनुसार अत्याधुनिक बन्दै गएको बताए । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले बिगतमा पेट्रोल पम्पको समेत सञ्चालन गरेको र हाल आएर ब्यवसायमा आधुनिकता आएसंगै इभी सवारीहरुलाई लक्षित गरी चार्जिङ स्टेशन सञ्चालन गर्नु आफैमा गर्वको कुरा रहेको बताए । निकट भविष्यमा चार्जिङ स्टेशनलाई थप बिस्तार गर्ने र व्यवस्थित तबरले सुबिधा दिन समेत कम्पनी लागि पर्ने बताए ।
चौधरी ग्रुपको सिजी कम्पनीद्धारा ४ महिना अघि प्रदान गरिएको उक्त चार्जिङ स्टेशनको सामाग्री हाल आएर कम्पनीले आफ्नै प्राङगणमा जडान गरि सञ्चालनमा ल्याएकोे पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताए ।

अहिले एकै पटकमा दुइवटा सवारी चार्ज गर्न सकिनै चार्जिङ मेसिनलाई आफुहरुले प्रशिक्षणको रुपमा लिएको र आगामी दिनमा ब्यवस्थित तबरले चार्जिङ स्टेशन सञ्चालन गर्ने आफुहरुको लक्ष्य रहेको समेत केसीको भनाइ रहेको थियो । उक्त चार्जिङ स्टेशनबाट विद्युत प्राधिकरणले तोके अनुसार नै चार्जिङ शुल्क लाग्ने समेत अध्यक्ष केसीले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।