२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

जनताको घरदैलोमा एसबी थापा एसबी थापा भन्छन्ः जेन–जीको माग सम्बोधन गर्न सक्ने उम्मेदवार मै हुँ

दमौली ।
तनहुँ–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका सोमबहादुर थापा (एसबी) जनताको घरदैलोमा पुगिरहेका छन् । जनताको सुझाव संकलन, गुनासा सुन्न र मत माग्दै उनी घरदैलो गरिरहेका हुन् ।मंगलबार उनी म्याग्दे गाउँपालिकाका विभिन्न गाउँमा पुगेर जनतासँग साक्षत्कार गरे । म्याग्देको थर्पु बजारबाट सुरु भएको उनको घरदैलो घुम्ती, मिजेथुम, भावर, माझीलाङका वस्तीमा पुगेर स्थानीयसँग अन्तरक्रिया गरे । मिलीजुली सामुदायीक वनका उपभोक्तासँगै वनमै साक्षत्कार गर्दै आफ्ना योजना सुनाएर मत मागे ।

मंगलबार विहान थर्पु बजारमा निर्वाचन सम्पर्क कार्यालयसमेत उद्घाटन गरिएको छ । कार्यालय उद्घाटनमा बोल्दै उम्मेदवार थापाले जेन–जी र जेन–जी इतर दुवैको माग सम्बोधन गर्न सक्ने उम्मेदवार भएकाले जनताले मत दिने बताए । भूगोल र जनताको मुद्वा सम्बोधन गर्नलाई जनताले संसदनमा पठाउने उनको भनाइ छ ।

‘भूगोल चिनेको, जनताको मुद्वाको बुझेको व्यक्ति हुँ । अहिलेका सबै उम्मेदवारलाई पनि मेरो सम्मान छ । उहाँहरुको एजेन्डालाई समेत लिएर काम गर्ने हो’, उनले भने । शुसासन, पारदर्शिता र इमानदारिताको सवालमा आफू कहिल्यै नचुक्ने उनले बताए । पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी निर्वाचित प्रणालीको सवालमा नेपाली कम्युनिस्ट पार्टी निरन्तर लागेको उनको भनाइ छ ।

मंगलबार साँझ उम्मेदवार थापाको सम्पर्क कार्यालय म्याग्देको जामुने बजारमा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आशा कोइरालाले स्थानीय उम्मेदवारले स्थानीय मुद्वा शसक्त ढंगले उठाउन सक्ने बताइन् । घरदैलोमा जनताले दिएको प्रतिक्रियाले जित निश्चित भएको उनले सुनाइन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।