२०८३ कार्तिक १५ शनिबार
२०८३ कार्तिक १५ शनिबार

लेकसाईड मदिरा ब्यवसायी समितिको अध्यक्षमा दुर्गादत्त गौतम

रोहित बस्नेत
भाद्र १५ पोखरा : लेकसाईड मदिरा ब्यवसायी समितिको अध्यक्षमा दुर्गादत्त गौतम निर्वाचित भएका छन् । आइतबार लेकसाईड स्थित रोजमेरी किचनको सभाहलमा सम्पन्न भएको चौथो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितीको उपाध्यक्षमा ध्रुबराज बराल, सचिवमा बालहरी बराल, सह-सचिवमा राजेश श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र अधिकारी तथा सह-कोषाध्यक्षमा मणिराम पाण्डे चयन भएका छन् । यसै गरि सदस्यहरुमा लेखनाथ भूसाल, रामचन्द्र अधिकारी, शिव वहादुर रानाभाट, रमा वास्तोला अधिकारी र भिम प्रसाद पहारी चयन भएको निवर्तमान अध्यक्ष रोशन देवकोटाले जानकारी दिए ।

नेपालमा अझै एउटा यस्तो पुस्ता र सम्प्रदाय पनि छ, जो रक्सी भनेपछि ‘चार कोस’ पर भाग्छन् । खासगरी ब्राह्मण समाजका ‘बा-हजुरबा’ पुस्ता मदिरालाई तिरस्कार गर्छन् । यो पुस्ताले मदिरा सेवनलाई धर्मविरुद्धकै ‘रीत’ ठान्छन् । तर, अहिलेको परिवेश त्यस्तो छैन । त्यही समुदायको पछिल्लो पुस्ता अहिले मदिरामा ‘मोहित’ छन् । अर्थात्, अघिल्लो पुस्ताले घृणा गरेको मदिरा पछिल्लो पुस्ताले त्यत्तिकै हदमा माया गर्न थालेको छन ।

अहिले मानिस घरेलुभन्दा ब्रान्डेड मदिरा नै सेवन गर्न रुचाउँछन् पहिले कोदोको रक्सीको राज थियो,’ ‘तर, अहिले गाउँ-गाउँसम्म पनि औद्योगिक उत्पादन र आयातीत मदिरा पुगेका छन् ।

मदिरा भने पनि तल्लो लेवल र खासगरि जनजाती समुहकाले प्रयोग गर्छन भन्ने कुरा पहीले सुन्नमा आए पनि अहिले ठुलो घरायन र बाहुन बाजेका शोकेसमा समेत मदिराका बोतल सजिन थालेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।