२०८३ कार्तिक १५ शनिबार
२०८३ कार्तिक १५ शनिबार

टेसा पोखराको अध्यक्षमा टिका बहादुर लम्साल

रोहित बस्नेत
भाद्र १४ पोखरा : ट्रेकिङ सामग्री विक्रेताहरुको छाता संस्था ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा)पोखराको अध्यक्षमा टिका बहादुर लम्साल निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको २७औं वार्षिक साधारण सभा तथा १५औं अधिवेशनले लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

दुईवर्षे कार्यकालका लागि प्रथम उपाध्यक्ष महेन्द्र बहादुर जिसी, दिद्धिय उपाध्यक्षमा टिकाराम लम्साल, सचिवमा रमेशराज अधिकारी, सहसचिवमा बुद्धि बहादुर बस्नेत यसै गरि कोषाध्यक्षमा, केशवराज वास्तोला चयन भएका छन् । सदस्यहरुमा योगेश सुवेदी, किरण काफ्ले, हरिमाया ढुंगाना, राजकुमार नेपाली निर्वाचित भएको संस्थाका पूर्व अध्यक्ष नारायण सापकोटाले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष लम्सालले गुणस्तरीय ट्रेकिङ सामग्री बिक्री गर्नेहरुको संस्था बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । उनले आर्थिक गतिविधिमा पार्दर्शी हुने र प्रश्न उठ्ने ठाउँ नराख्ने दाबी गरे ।

टेसा पोखराले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक रूपमा बिपन्न परिवारलाई हिउँदको कठ्याङ्रीने जाडोमा थोरै भएपनि राहत पुगोस् भन्ने मनशायले प्रत्येक बर्ष न्यानो कपडा बितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।