२०८३ कार्तिक १५ शनिबार
२०८३ कार्तिक १५ शनिबार

“कास्कीमा निजी फार्म नविकरणमा उत्साहजनक वृद्धि, राजस्व संकलनमा ५१ प्रतिशतले वृद्धि”

लामो समयदेखि नविकरण नभएका प्राइभेट फार्म हिजोआज धमाधम नविकरण हुन थालेका छन् । प्राइभेट फार्म संशोधनका क्रममा नविकरण अवधि सकिएका फार्महरुलाई पनि निश्चित जरिवाना र शुल्क तिरेर नविकरण गर्न खुला गरिएकाले हाल नविकरण गर्नेहरुको उत्साह जनक रुपमा सहभागिता रहेको पर्यटन तथा उद्योग कार्यालय कास्कीले पोखराक्लिकलाई बताउनु भयो ।

नविकरण गर्नेहरुको उल्लेखनिय बृद्धि भएसंगै गत बर्ष राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख दिनेश प्रकाश आचार्यले बताउनु भयो । २० लाख रुपैयाँसम्मको पूँजी भएका फार्महरुले प्रति वर्ष २५ सय रुपैयाँ जरिवाना तिर्नुपर्छ भने २० लाख रुपैयाँभन्दा माथिका फार्मका लागि वार्षिक ५ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने छ ।

गत आर्थिक वर्षमा कास्कीमा ५ सय २२ नयाँ औद्योगिक फार्म दर्ता भएका छन् । हाल कास्कीमा १८ हजार २१० औद्योगिक फार्म सक्रिय छन् भने हालसम्म २४ हजार ८ सय फार्म दर्ता भइसकेका छन् । व्यापारिक फार्मको हकमा ९ सय ६० नयाँ दर्ता भएका छन् । हाल २५ हजार ५ सय ३८ व्यापारिक फार्म सक्रिय छन् भने हालसम्म कुल ३१ हजार १ सय ३० फार्मले इजाजत लिएका छन् ।

उद्योग दर्ता गरेपछि धेरै फार्म केही समयमै बन्द हुने प्रवृत्ति बढेकाले खारेज हुनेको सङ्ख्या पनि बढ्दो रहेको प्रमुख आचार्यको भनाइ छ । विशेषगरी वैदेशिक रोजगारीतर्फ युवाको आकर्षणले फार्म बन्द हुने क्रम तीव्र भएको उहाँले जनाउनु भयो ।

यद्यपि, गत वर्षको तुलनामा कार्यालयले उल्लेखनीय राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार, गत वर्ष २ करोड ९१ लाख १६ हजार ७६० रुपैयाँ राजस्व संकलन भयो, जुन अघिल्लो वर्षको १ करोड ९२ लाख ७९ हजार ४० रुपैयाँभन्दा झण्डै ५१ प्रतिशतले बढी हो । कार्यालयले गत आर्थिक वर्षमा ७७.२४ प्रतिशत प्रगति हासिल गरेको पोखराक्लिक समक्ष जनाएको छ।दीननाथ बराल,
पोखरा, ६ साउन,

लामो समयदेखि नविकरण नभएका प्राइभेट फार्म हिजोआज धमाधम नविकरण हुन थालेका छन् । प्राइभेट फार्म संशोधनका क्रममा नविकरण अवधि सकिएका फार्महरुलाई पनि निश्चित जरिवाना र शुल्क तिरेर नविकरण गर्न खुला गरिएकाले हाल नविकरण गर्नेहरुको उत्साह जनक रुपमा सहभागिता रहेको पर्यटन तथा उद्योग कार्यालय कास्कीले पोखराक्लिकलाई बताउनु भयो ।

नविकरण गर्नेहरुको उल्लेखनिय बृद्धि भएसंगै गत बर्ष राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख दिनेश प्रकाश आचार्यले बताउनु भयो । २० लाख रुपैयाँसम्मको पूँजी भएका फार्महरुले प्रति वर्ष २५ सय रुपैयाँ जरिवाना तिर्नुपर्छ भने २० लाख रुपैयाँभन्दा माथिका फार्मका लागि वार्षिक ५ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने छ ।

गत आर्थिक वर्षमा कास्कीमा ५ सय २२ नयाँ औद्योगिक फार्म दर्ता भएका छन् । हाल कास्कीमा १८ हजार २१० औद्योगिक फार्म सक्रिय छन् भने हालसम्म २४ हजार ८ सय फार्म दर्ता भइसकेका छन् । व्यापारिक फार्मको हकमा ९ सय ६० नयाँ दर्ता भएका छन् । हाल २५ हजार ५ सय ३८ व्यापारिक फार्म सक्रिय छन् भने हालसम्म कुल ३१ हजार १ सय ३० फार्मले इजाजत लिएका छन् ।

उद्योग दर्ता गरेपछि धेरै फार्म केही समयमै बन्द हुने प्रवृत्ति बढेकाले खारेज हुनेको सङ्ख्या पनि बढ्दो रहेको प्रमुख आचार्यको भनाइ छ । विशेषगरी वैदेशिक रोजगारीतर्फ युवाको आकर्षणले फार्म बन्द हुने क्रम तीव्र भएको उहाँले जनाउनु भयो ।

यद्यपि, गत वर्षको तुलनामा कार्यालयले उल्लेखनीय राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार, गत वर्ष २ करोड ९१ लाख १६ हजार ७६० रुपैयाँ राजस्व संकलन भयो, जुन अघिल्लो वर्षको १ करोड ९२ लाख ७९ हजार ४० रुपैयाँभन्दा झण्डै ५१ प्रतिशतले बढी हो । कार्यालयले गत आर्थिक वर्षमा ७७.२४ प्रतिशत प्रगति हासिल गरेको पोखराक्लिक समक्ष जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।