अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईविरुद्ध दायर गरिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले वादीको दाबी नपुग्ने फैसला गरेको छ।

एन्फाका पूर्वअध्यक्ष गणेश थापाले गत फागुनमा आफूमाथि गाली बेइज्जती गरेको आरोपमा महासचिव राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए। न्यायाधीश तारादेवी महर्जनको इजलासले असार १८ गते उक्त मुद्दामा फैसला सुनाउँदै वादी थापाको दाबी नपुग्ने ठहर गरेको हो।









