२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

विश्व वातावरण दिवसको अवसरमा डिभाइडरमा रोपियो फुलका बिरुवा

 पोखरा । पोखरा महानगर पालिका वडा नं ६ कृषि सञ्जालले सडक डिभाइडर मा रहेका फुलका विरुवालाई काटछाँट र गोडमेल सहित फुलका बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ  आज विश्व वातावरण दिवसको अवसरमा कृषि सञ्जाल पोखरा ६ बैदामको आयोजना र पोखरा महानगर पालिका वडा नं ६ को प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।   

    बुलौदि खोला देखी हल्लन चोक सम्म रहेको करिब २ कि.मी सडक डिभाइडर मा  रहेका फुलका बिरुवाहरू लाई काटछाँट सहित गोडमेल गरि बिभिन्न प्रजातिका करिब ३ सय फुलका बिरुवा रोपिएको संञ्जालकी अध्यक्ष वृन्दा धरेलले जानकारी दिइन ।  

    कार्यक्रमका उद्‌घाटन गर्दै पोखरा महानगर पालिका वडा नं–  ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले पृथ्वीको संरक्षण ः दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारालाई सार्थक बनाउन विश्व वातावरण दिवसको अवसरमा बिरुवा गोडमेल र काटछाँट गरि फुलका बिरुवा रोपिएको बताए । हरियाली सडक डिभाइडर  र पर्यटकीय आकर्षित स्थान बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

     अध्यक्ष वृन्दा धरेलले पर्यटकीय राजधानी पोखराको लेकसाइडमा रहेका फुलका बोटबिरुवाहरूले पर्यटकहरूको ध्यान तान्ने गरेकोमा खुशी व्यक्त गर्दै, संरक्षणमा लाग्न सबैलाई आग्रह गरिन । पोखरा महानगर पालिका वडा नं– का निवर्तमान वडा अध्यक्ष जगत बहादुर पहारीले वातावरण स्वच्छ भए हाम्रो जीवन पनि स्वस्थ हुन्छ तर प्रायः मानिस वातावरणीय स्वच्छता जस्तो अति संवेदनशील क्षेत्रप्रति मौन वा अनुत्तरदायी बनिदिँदा जगल र बोटविरुवा मासिदै गएको विचार व्यक्त गरे । 

    सचिव चन्द्रकला घिमिरे पहारीले वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट भएर अगाडि वढ्नु पर्ने बताइन ।    दिवसको अवसरमा बोटविरुवा संरक्षण कर्मी जगनाथ तिमिल्सिनालाई सम्मान गरिएको थियो । कार्यक्रममा बैदाम क्षेत्रमा रहेको विभिन्न सङ्घ संस्थाहरूको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।