२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

विपद् मा अर्घाखाँची पोखरा समाजको मानवीय साथ, प्रधानमन्त्री राहत कोषमा २ लाख ६ हजार एक सहयोग

रोहित बस्नेत  :  भाद्र १५ पोखरा : रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट बाट प्रभावित नागरिकको पीडामा मलम लगाउने उद्देश्यले अर्घाखाँची पोखरा सम्पर्क समाजले प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ६ हजार एक  सहयोग रकम जम्मा गरेको छ ।
विपद्को घडीमा पीडित नागरिकसँग ऐक्यबद्धता जनाउँदै समाजले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको हो । बाढी–पहिरो र प्राकृतिक विपद्ले धेरै परिवारको घरबार, सम्पत्ति र दैनिकीमा गहिरो असर पारेका बेला गरिएको यो सहयोगले मानवीय संवेदनाको सुन्दर उदाहरण प्रस्तुत गरेको छ ।

समाजले ‘पीडामा साथ, विपद्को घडीमा सहयोग’ भन्ने भावनाका साथ संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको समाजका अध्यक्ष राम प्रसाद पौडेलले जानकारी दिनु दिनुभयो । सानो–ठूलो सहयोग भन्दा पनि दुःखमा परेका नागरिकको घाउमा मलम लगाउने भावना महत्वपूर्ण हुने भन्दै समाजले विपद् प्रभावितको पुनःस्थापना र राहतका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गरेको छ।
विपद्ले घर भत्काउन सक्छ, तर मानवीय एकता र सहयोगको भावना भत्काउन सक्दैन अर्घाखाँची पोखरा सम्पर्क समाजको यो सहयोगले संकटमा एकअर्काको हात समात्नुपर्छ भन्ने सन्देश हो ।

अर्घाखाँची पोखरा सम्पर्क समाजले आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा सहयोग कार्यमा सक्रिय सहभागिता जनाउन हार्दिक अपिलसमेत गरेको छ ।  रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपुर लगायत विभिन्न स्थानमा आएको बाढी तथा संकट सम्पूर्ण नेपालीको साझा पीडा र चुनौती रहेको भन्दै यस घडीमा पीडितको साथमा उभिनु र प्रभावित परिवारलाई सहयोग सबैको साझा मानवीय दायित्व रहको समेत रहेको उल्लेख गरेको छ ।

समाजले विपतमा परी ज्यान गुमाउनुहुने प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त तथा घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

अर्घाखाँची पोखरा सम्पर्क समाजले रसुवाको बाढीमा सम्पर्क विहीन भएका अर्घाखाँची जिल्लाका केही ब्यक्ति लगायत सम्पर्क विहीन भएका आम नागरीकहरुको खोजी तथा अवस्थाबारे चिन्ता ब्यक्त समेत गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।