पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ ।
प्रजातान्त्रिक विचार समाज कास्कीको १० औं अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनका बारेमा आयोजित गोष्ठीलाई आज पोखरामा उद्घाटन गर्दै उहाँले त्यस्तो कुरामा जोड दिनुभएको हो ।

संस्थागत रुपमा मौलाएको भ्रष्टाचारलाई सुन्य सहनशीलतामा पु¥याउन कठिन भएपनि न्यूनीकरण गर्न सकिने बताउँदै उहाँले गण्डकी प्रदेश भित्र सुशासन र भ्रष्टाचार निरुत्साहित गर्न आफूले सक्रिय भूमिका खेल्दै आएको बताउनुभयो ।समाजमा हुने विकृति हटाउन र नेपाली जनतालाई सुशासन दिन प्रदेश सरकार प्रयत्नशील रहेको बताउँदै उहाँले संगठित आवाजलाई वलियो बनाउन सकियो भने भ्रष्टाचार हट्दै जाने भनाइ उहाँको छ ।
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले देशमा आर्थिक र नैतिक रुपमा मौलाएको भ्रष्टाचारलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रमा जनता नै प्रमुख भएकाले उनीहरुलाई केन्द्रमा राखेर सरकार अगाडि वढ्नुपर्नेमा जोड दिनुभयो ।संविधानविद् प्राडा विपीन अधिकारीले भ्रष्टाचार समाजमा सरल रुपमा उपस्थित भएकाले यसलाई न्यूनीकरण गर्न सरकारका प्रशासनिक निकायहरु चुस्तजुरुस्त हुनुपर्नेमा जोड दिनुभयो । नेपालको न्यायप्रणालीमा समेत ढिलासुस्ती हुँदा नेपाली जनतामा न्यायलयप्रति निरासा देखिने गरेको भनाइ उहाँको छ ।
नेपाली काँग्रेसका नेता सोभियत बहादुर अधिकारीले समाजमा सुशासन स्थापना गर्न सक्यौ भने मात्र दलहश्रले जनताको मन जित्न सक्ने बताउनुभयो । नेपालीलाई समृद्ध बनाउन तर्फ सरकारका ध्यान दिन आवश्यक छ ।कार्यक्रमका अवसरमा संस्थामा योगदन पु¥याएवापत उक्त संस्थाका केन्द्रीय उपाध्यक्ष वासुदेव भण्डारीलाई सम्मान गरिएको थियो । उक्त अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । उक्त कार्यक्रम समाजका कास्की अध्यक्ष वीरबहादुर कार्कीको अध्यक्षतामा भएको थियो ।









