पोखरा । दौतरी स्कुल लेभल फुटसल प्रतियोगिताअन्तर्गत भएका खेलमा विभिन्न विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेका छन् । प्रतियोगितामा प्राप्त नतिजाअनुसार केही खेल एकतर्फी बने भने केही खेलमा प्रतिस्पर्धात्मक नतिजा आएको छ । प्रतियोगितामा जुनियर एकेडेमीले कान्तिपुर एकेडेमीलाई २–० गोलले पराजित ग¥यो। त्यस्तै हेम्जा बोर्डिङ स्कुलले बेसलाइन एकेडेमीलाई ०–२ ले नतिजा सुम्पियो।रामेश्वरी माध्यमिक विद्यालयलाई श्री सिद्ध माध्यमिक विद्यालयले ४–१ गोलले हरायोे । त्यस्तै सेन्ट फ्रान्सिस स्कुलले प्रगति सेकेन्डरी स्कुलमाथि ८–१ को फराकिलो जित दर्ता ग¥यो ।


अन्य खेलमा कान्तिपुरले भानु भक्त विद्यालयलाई १–०, हेम्जा बोर्डिङले इन्द्र राज्यलक्ष्मीलाई ३–०, तथा सक्रीय बालभद्रले प्रगतिलाई १–२ को नतिजा सुम्पिएको छ । स्नो भ्युले धौलागिरी बोर्डिङ स्कुललाई १–२, कालिका माध्यमिक विद्यालयले सोसल पब्लिक स्कुललाई १०–० तथा ज्ञानगंगाले चिल्ड्रेन एकेडेमीलाई ४–० गोलले पराजित गरे। लेखनाथ मेमोरियललाई त्रिभुवन शान्ति विद्यालयले ०–४ गोलले हरायो ।

यसैगरी अमरसिंह माविले स्टेप बाई स्टेपलाई १–०, गण्डकी आदर्शले सबलाइम बोर्डिङलाई २–०, तथा गोरखा बोर्डिङले कालिका माविलाई १–० ले पराजित गरेको छ ।
बलकल्याण र नेपाल आदर्शबीचको खेलमा नेपाल आदर्श ४–२ ले विजयी भयो । त्यस्तै सोसल पब्लिकले सगरमाथा किट्टेनलाई ३–०, लिटल फ्लावरले पोखरा पब्लिकलाई १–४, एल एंगलले विभूति शिक्षा सदनलाई २–० तथा शान्ति निकेतनले सीतलदेवी माविलाई २–० ले पराजित गरेको छ ।
प्रतियोगिताका खेलमा खेलाडीहरूले व्यक्तिगत रूपमा पनि प्रभावशाली प्रदर्शन गरेका छन् । कालिका माविको १०–० को जितमा राजन गुरुङ, किशन सुनार र विशाल पाइजाले गोल गरेका थिए । त्यस्तै सेन्ट फ्रान्सिसको जितमा दीपक तामाङ, अर्जुन डाँगी र हिशाल रानाले गोल गरेका छन् ।
प्रतियोगितामा प्रथम हुने विद्यालय वा टिमले नगद ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । दोस्रो हुनेले नगद ३३ हजार ३ सय ३३ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी अनुशासित खेल प्रदर्शन गर्ने टीमलाई नगद ११ हजार १ सय ११ सहित फेयर प्ले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक तेजेन्द्र दाहालले जानकारी दिए ।
दाहालका अनुसार ब्याक्तिगत विद्यातर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद, ट्रफी र प्रमाणपत्र द्धारा पुरस्कृत गरिने छ ।









