२०८३ श्रावण १२ मंगलवार
२०८३ श्रावण १२ मंगलवार

अवैध बालुवा उत्खननमा संलग्न ३ टिपर नियन्त्रण, जनही १५ हजार रुपैयाँ जरिवाना

पोखरा ।  कास्की प्रहरीले पोखरा महानगरपालिका–२५ स्थित सेती गण्डकी नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन गरिरहेको अवस्थामा तीन वटा टिपर नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार सोमबार राति करिब १०:२५ बजे प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले बालुवा लोड गरिरहेका टिपरहरू नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका तीनवटै टिपर र चालकलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकामा बुझाइएको थियो। महानगरपालिकाले प्रत्येक टिपरलाई रु. १५,००० का दरले जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा परेका सवारीसाधन तथा चालकहरू ग १ क ४४७१ नम्बरको टिपर, चालक गोरखा स्थायी घर भई हाल पोखरा–१९ लामाचौर बस्ने २६ वर्षीय सुजन गुरुङ, GAA ००७६ नम्बरको टिपर, चालक रुपन्देही स्थायी घर भई हाल पोखरा–१ सिम्पानी बस्ने २६ वर्षीय विकास घर्ती, GAA ०१२४ नम्बरको टिपर, चालक ओखलढुंगा स्थायी घर भई हाल पोखरा–२५ याम्दी बस्ने २८ वर्षीय राजु मगर रहेका छन ।

जिल्ला प्रहरी कार्यालय कास्कीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार रोक्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।