२०८३ श्रावण १३ बुधबार
२०८३ श्रावण १३ बुधबार

बिटी कपमा रामघाट फेरि स्तब्ध, लामागाउँ दोस्रो पटक च्याम्पियन

पोखरा ।  बुद्धटोल युवा क्लबको आयोजनामा सम्पन्न ‘नवौं विरेन स्मृति’ एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि लामागाउँ गुम्बाले जितेको छ । पोखरा १ टुंडिखेलमा आज (बिहीबार) भएको फाइनल खेलमा रामघाट एफसीलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै लामागाउँले उपाधि जितेको हो । 

लामागाउँलाई उपाधि दिलाउन संगम ठकुरीले निर्णायक गोल गरे ।यो जीतसँगै लामागाउँ बिटी कपमा दोस्रो पटक च्याम्यिन बनेको क्लबका निवर्तमान अध्यक्ष असिम थापाले बताए । गुरुका अनुसार यसअघि सातौं विरेन स्मृति तथा १७ औं बिटी कपमा पनि फाइनलमै रामघाटलाई हराउँदै लामागाउँ गुम्बा च्याम्पियन बनेको थियो । त्यसको बद्ला लिने अवसर पाएको रामघाट यो वर्षपनि लामागाउँसँग स्तब्ध बन्यो ।

उपाधि जितेको लामागाउँले नगद रु २ लाख २ सय २२ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।यस्तै उपविजेता बनेको रामघाटले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्याे ।कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट लामागाउँका सरोज तितुङ सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै साइकल प्राप्त गरे ।

उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै रतन हिताङ, उत्कृष्ट डिफेण्डरका रुपमा लामागाउँकै संगम ठकुरी घोषित भए । यसैगरी उत्कृष्ट मिडफिल्डरका रुपमा रामघाटका सुदेश गुरुङ र सर्वाधिक गोलकर्ताका रुपमा फायर पिज्जाका मनिष ठकुरी ट्रफीसहित जनही नगद रु ८/८ हजार प्राप्त गरे ।

सो प्रतियोगिताबाट अनुशासित टिमका रुपमा फायर पिज्जा नगद रु १० हजारसहित पुरस्कृत बन्यो ।विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका क्याप्टेन रक्षबहादुर गुरुङ, क्लबका सल्लाहकारहरु, पुरस्कारदाताहरु लगायतले पुरस्कार वितरण गरेका थिए । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।