रोहित बस्नेत : माघ २६ पोखरा, अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखरा महानगरपालिका पोखरा—१७, दोबिल्ला स्थित रमाईलो वनभोज कार्यक्रम बिबिध कार्यक्रम गरि सम्पन्न गरेको छ । शनिवार आयोजना गरिएको बनभोज कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका उप प्राध्यापक डा.पिताम्बर पौडेल प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि पौडेलले वनभोज कार्यक्रमले समाजका सदस्यहरु विच एकता, सद्भाव र आत्मीय चिनजान बढाउने काम गर्छ, ”म पोखरा छु तर मेरो मन अर्धाखाँची छ” भन्दै कर्मभूमिमा सधैं उदाहरणीय काम गरे पनि आफ्नो जन्मठाउँ बिर्सनु हुँदैन, जहाँ रहे पनि नमुना काम गर्नुपर्छ, तर जन्मभूमि माया सधै राख्नु पर्छ भन्ने सन्देश दिनुभएको थियो।
समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार चेतनारायण पाण्डेले वनभोजले वर्षभरि गरेको संघर्षपछि वनभोजको एक दिनले मन हलुका बनाउँदै सबैलाई नयाँ ऊर्जा दिन्छ यो केवल रमाइलो मात्र होइन, वर्षदिनको थकान र दुःख बिर्साउने अवसर पनि भएको बताउँदै जिल्लाबासीलाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कसैको भनसुन र उस्काहटमा नलागी राम्रा जिल्ला बनाउने नेता छान्न समेत अनुरोध गर्नु भएको थियो ।
समाजमा निबर्तमान अध्यक्ष दधिराम खनालले हामी सबै व्यस्त जीवनको दैनिकीबाट केही समय निकालेर प्रकृतिको काखमा, एकआपसमा हाँस्न, रमाउन र सम्बन्ध अझै मजबुत बनाउन यहाँ भेला भएका छौ । वनभोज केवल खानपान र मनोरञ्जनको कार्यक्रम मात्र होइन, यसले हामीबीचको एकता, सद्भाव, मित्रता र आत्मीयता बढाउने महत्वपूर्ण अवसर पनि प्रदान समेत गर्ने बताउनु भयो ।
समाजका अध्यक्ष राम प्रसाद पौडेलले यो रमाइलो वनभोज कार्यक्रममा यहाँहरू सबैको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझै अर्थपूर्ण र सफल बनाएको छ । समाजका अध्यक्षको हैसियतले म सम्पूर्ण सहभागी, सहयोगी तथा कार्यक्रम सफल बनाउन अहोरात्र खटिनुहुने प्रति हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु बताउनु भयो ।
समाजका बरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डेले वनभोज कार्यक्रममा सबैलाई हार्दिक स्वागत तथा अभिनन्दन व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी महसुस गरिरहेको छु। हाम्रो दैनिक व्यस्त जीवन, कामको चाप र जिम्मेवारीका बीच कहिलेकाहीँ यस्ता भेटघाट, रमाइलो र आपसी संवादका कार्यक्रमहरूले हामीबीचको सम्बन्ध अझ मजबुत बनाउने काम गर्छन्। वनभोज केवल खानपिन र मनोरञ्जनको कार्यक्रम मात्र नभई, आपसी सद्भाव, सहयोग, एकता र मित्रता बढाउने महत्वपूर्ण अवसर भएको बताउँदै स्वागत गर्नु भएको थियो ।
वनभोज कार्यक्रम राम प्रसाद पाण्डेको संयोजकत्वमा अर्जून अधिकारी, नारायण क्षेत्री, नारायण पाण्डे सदस्य रहनु भएको थियो । कार्यक्रम महासचिव कृष्ण रानाभाटले संचालन गर्नु भएको थियो । वनभोज कार्यक्रममा समाजका पदधिकारी सदस्य तथा आजिवन सदस्यको बाक्लो उपस्थिती रहेको थियो ।
वनभोज भनेको समूहमा जंगल, पार्क,–नदी किनार वा खुला प्राकृतिक स्थानमा गएर गरिने सामूहिक घुमफिर, खानपान र मनोरञ्जन कार्यक्रम हो। यसलाई कतै पिकनिक पनि भनिन्छ।

वनभोज किन गरिन्छ ?
एकता र सद्भाव बढाउन — साथीभाइ, परिवार वा संस्थाका सदस्यबीच सम्बन्ध मजबुत बनाउन !
मनोरञ्जन र रमाइलोका लागि — गीत, नाच, खेलकुद र घुमफिरमार्फत तनाव कम गर्न !!
दैनिक थकान र तनाव हटाउन — कामको व्यस्तताबाट छोटो विश्राम लिन !!!
आपसी चिनजान र सहकार्य बढाउन — नयाँ साथी बनाउने र सम्बन्ध विस्तार गर्ने !!!!
प्रकृतिसँग नजिक हुन — खुला वातावरणमा समय बिताएर मानसिक ताजगी पाउन !!!!!








