२०८३ भाद्र २९ सोमबार
२०८३ भाद्र २९ सोमबार

उद्देश्य एउटै छ-दुर्घटना नहोस्, सबै सुरक्षित घर पुगून, उनी ट्राफिक होइनन तर ट्राफिककै काम गर्छन्

रोहित बस्नेत,  माघ ६, पोखरा : शोभाखर पाण्डे हरेक बिहान पोखराको अमरशिंहचोकमा भेटिन्छन् । अर्घाखाँची जिल्लामा जन्मिएका पाण्डे वि.स. २०६० सालमा पोखरा झरे सँगै पोखरा—३२ राजाकोचौतरा लेखनाथ स्थित मेडिकलहल ब्यवसाय शुरु गरे ।

अर्घाखाँची पोखरा सम्पर्क समाजका उपाध्यक्ष रहेका शोभाखर पाण्डे औषधी व्यवसायी संघ कास्कीको कार्यसमिति सदस्य हुन । हाल उनी मेडिप्लस हस्पिटल एण्ड ट्रर्मा सेन्टर पोखरामा बजार शाखा प्रमुखमा कार्यरत समेत छन् । उनी पोखरामा रहेका विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका छन् ।

उनी पेशाले स्वास्थ्यकर्मी हुन्, तर बिहान–बेलुका चोकमा उभिएर ट्राफिककै काम गर्छन् । सेतो एप्रोन फुकाल्नासाथ पैदलयात्रीलाई सुरक्षित रूपमा बाटो कटाइदिन्छन्, हतारिएका मोटरसाइकल तथा अन्य गाडीका चालकहरू हतारमा हुँदा पनि हातको इशाराले गति कम गर्न सम्झाउँछन् । ट्राफिक प्रहरी नभए पनि उनले देखाउने सक्रियताले चोकमा जाम हुन पाउँदैन ।  बिहानैदेखि चोकमा उभिएर सवारीको भीड व्यवस्थित बनाउँछन्, विद्यालय जाने बालबालिकालाई सुरक्षित रूपमा सडक पार गराउन सहयोग गर्नु उनको दैनिकी नै बनेको छ ।
। अस्पतालमा बिरामीको सेवा गरे झैँ सडकमा यात्रुको सुरक्षा उनको अर्को कर्तव्य बनेको छ ।

उनको सिठी ट्राफिक प्रहरीको भन्दा कम छैन — आवाज सुन्नासाथ चालकहरू अनुशासित हुन्छन्, कतिले त सम्मानमा सलाम नै गर्छन् । उनको अनुशासित काम देखेर सवारी चालकहरू मात्र होइन, पैदलयात्रीहरू पनि ढुक्क र खुसी देखिन्छन् । ट्राफिक जाम नहोस् भनेर उनी कहिले बाटो मिलाउँछन् त कहिले हतारिएका चालकलाई नम्र भाषामा सम्झाउँछन् ।

स्थानीय बासिन्दा अमरशिंहचोकमा ब्यवसाय गर्ने रबिन पौडेल भन्छन्—“उहाँ नभएको दिन चोक नै अस्तव्यस्त जस्तो लाग्छ।” कुनै पोसाक र पद बिना गरिएको उनको सेवा देखेर स्थानीय बासिन्दा सम्मान प्रकट गर्छन् । सानो जिम्मेवारीलाई पनि मनदेखि पूरा गर्ने उनको लगनले चोकको वातावरण नै फरक बनाइदिएको छ ।

यसरी निस्वार्थ सेवामा लागेका ती व्यक्तिले देखाएको उदाहरणले हाम्रो समाजमा सकारात्मक सन्देश फैलाइरहेको छ। न कुनै पारिश्रमिक, न औपचारिक जिम्मेवारी—केवल समाजप्रतिको माया र कर्तव्यबोधले उनी दिनहुँ सिठी फुक्छन् । यस्तै असल मन भएका मानिसकै कारण हाम्रो शहर सुरक्षित, सभ्य र व्यवस्थित बनेको छ ।
उनको उद्देश्य एउटै छ—दुर्घटना नहोस्, सबै सुरक्षित घर पुगून् । यस्ता जिम्मेवार नागरिककै कारण सडकमा अनुशासन र मानवीयता बाँचेको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।