मुस्ताङ ।
नेपाली कांग्रेसले मुस्ताङमा एक घरका बावु छोरालाई चुनावमा उमेदवार बनाउने भएपछि कार्यकर्ता निराश भएका छन । कांग्रेसका नेता रोमी गौचनले आगामी फागुनमा हुने चुनाममा आफु समानुपातिक उमेदवारमा पक्का गर्दै छोरालाई प्रत्यक्ष तर्फ उमेदवार बनाएका छन ।

विगठित प्रतिनिधी सभाका सदस्य योगेश गौचन थकालीलाई पुन आगामी फागुन २१ मा हुने निर्वाचनका लागि पुन उमेदवार हुने पक्का भएसंगै मुस्ताङ कांग्रेसमा तरंग पैदा भएको छ । अधिकांश काग्रेसीहरुले एकै घरका बाउछोरा उमेदवार बनेपछि भित्रभित्र तिक्तता बढेको कार्यकर्ताहरुले बताएका छन ।









