२०८३ भाद्र २८ आईतवार
२०८३ भाद्र २८ आईतवार

पोखरामा प्रहरी बिट पुनःनिर्माणमा सहयोग गर्दै अर्घाखाँचीबासी

रोहित वस्नेत  :  कार्तिक २९ पोखरा : अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखराको चिप्लेढुङ्गा विपिचोक स्थित गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको प्रहरी विट पुननिर्माण गरेको छ । समाजले शनिवार बिहान एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतलाई प्रहरी बिटको चापी हस्तान्तरण गरेको हो । पुननिर्माण प्रहरी बिट हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिएसपी बस्नेतले प्रहरीलाई ढुङ्गा, मुडा गर्ने मात्र नभएर प्रहरीलाई साथ दिने र सहयोग गर्ने पनि रहेको बताउदै पुन निर्माणमा सहयोग गरेकोमा धन्यवाद दिदै खुसि ब्यक्त गरे ।

समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार गुणानिधि पाण्डेले जेनजी आन्दोलनको २ महिना बिति सक्दा पनि पोखराको मुख्यचोकमा रहेको प्रहरी बिट पुन निर्माणमा ढिला भएको अवस्थामा समाजले पुन निर्माणमा हात अगाडी बढाएको बताएका छन् । समाजका निबर्तमान अध्यक्ष दधिराम खनालले बाहिर देख्दा सानो काम भएपनि समाजले बिगतमा जस्तै सामाजिक उत्तरदायित्व अन्र्तरगत पर्ने विभिन्न कार्य गर्दै आएको बेला यसपालि समाजको आँखा पुन निर्माणमा परेका बताएका छन् ।

समाजका अध्यक्ष राम प्रसाद पौडेले प्रहरी मेरो साथी भन्ने शब्दलाई मध्येनजर गरि अहिलेको आवश्यकता पुनः निर्माण भन्ने उदेश्य सँगै यस्ता कार्यक्रमले प्रहरीको मनोवल बढाउन समेत सहयोग पुग्ने बताएका छन् ।

समाजका प्रथम उपाध्यक्ष तथा पुन निर्माण कार्यक्रमका संयोजक ईन्द्र बहादुर कुवँरले उपस्थित सम्पूर्णलाइ स्वागत गरेका थिए । पुन निर्माण कार्यक्रममा समाजका सल्लाहकार, पदाधिकारी तथा सदस्य लगायत प्रहरीको उपस्थिती रहेको थियो । 

समाजका महासचिव कृष्ण रानाभाटले कार्यक्रम संचालन गरेका थिए ।

अर्घाखाँची जिल्लादेखि बसाइँसराई, व्यवसायिक र रोजगारीको सिलसिलामा पोखरा आएका व्यक्तिहरूलाई गोलबन्द गर्ने उद्देश्यले २०६३ साल देखि विधिवत रुपमा दर्ता भइ सुरु भएको अर्घाखाँची पोखरा सम्पर्क समाजले हाल सम्म धेरै समाजिक कार्यहरु गर्दै आएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।