२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कैलाली कारागार झडपमा घाइते काठमाडौं पठाइयो

कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

गम्भीर घाइते गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएको हो। यसअघि सो झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।

शनिबार दिउँसो पनि कारागारको अवस्था असामान्य बनेको थियो। केही समयका लागि कैदीहरूले कारागार नियन्त्रणमा लिएपछि अवस्था नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीले निकै प्रयास गर्नुपरेको थियो।

घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।

घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। यसबारे सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्री रशेम लेखकले पनि छलफल गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।