२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

मसोट खोलाको डाइभर्सन बग्दा सडक अवरुद्ध

दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको डाइभर्सन बाढीले बगाएपछि सवारी आवागमन पुनः अवरुद्ध भएको छ।

शुक्रबार बिहानको अविरल वर्षासँगै आएको बाढीले डाइभर्सनको आधा भाग बगाएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिए।

सडक अवरुद्ध भएपछि घोराही–लमही ओहोरदोहोर गर्ने सवारी साधनहरूलाई अमिलिया र तुलसीपुर हुँदै वैकल्पिक मार्गमार्फत गन्तव्यतर्फ पठाइएको छ।

हाल डाइभर्सनको मर्मत कार्य भइरहेको जनाइएको छ।

यसअघि मसोट खोलाको पुल मर्मत गर्नुपर्ने भएकोले स्थानीय प्रशासनले साउन २१ गतेदेखि चार दिनका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरेको थियो। ठूला सवारीसाधनलाई पुलबाट आवागमन गर्न रोक लगाइएको भए पनि अत्यावश्यक सेवाका सवारीसाधनका लागि वैकल्पिक डाइभर्सन निर्माण गरी बिहीबार दिउँसोदेखि सञ्चालनमा ल्याइएको थियो।

तर उक्त डाइभर्सन शुक्रबार बिहानै आएको बाढीले बगाएको हो।

प्रहरीका अनुसार हाल मसोट खोलाको पुलबाट विरामी बोकेको एम्बुलेन्स, आपतकालीन अवस्थामा रहेका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे खाली सवारीसाधन मात्र आवतजावत गर्न दिइएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।