२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

कालीगण्डकीमा आमा–छोरा बेपत्ता, खोजी जारी

सशस्त्र प्रहरीले कालीगण्डकी नदीमा आमा–छोरा बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखेको छ। साउन २१ गते साँझदेखि बेपत्ता भएका उनीहरूको खोजीमा सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

थापाका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका–५, सेतिवेणीस्थित कालीगण्डकी नदी किनारको प्रतिक्षालयमा महिलाले प्रयोग गर्ने झोला, चप्पल, मोबाइल फोन र बच्चाको जुत्ता फेला परेको थियो। ती सामग्री कालीगण्डकी गाउँपालिका–४, बिर्घा बस्ने २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डेको भएको खुलेको छ।

‘उनीहरू दुवै जना सम्पर्कमा नरहेकाले कालीगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा बिहीबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गुल्म स्याङजाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाफौज परिचालन गरी खोजी कार्य सुरु गरिएको हो,’ थापाले भने।

बेपत्ता आमा–छोराको खोजीका लागि पोखराबाट गोताखोर टोली समेत लैजाने तयारी गरिएको उनले जानकारी दिए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।