सिन्धुलीका एक युवकको मिर्गौला निकालिएको घटनामा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटका समिर परियार रहेका छन्। उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रमुख कृष्ण पंगेनीले जानकारी दिए। उनका अनुसार परियारमाथि थप अनुसन्धान भइरहेको छ।
सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१ निवासी खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो। भुजेललाई पोखराबाट कामको प्रलोभनमा पारेर भारत पुर्याई एक गिरोहले बन्धक बनाएर मिर्गौला निकालेको बताइएको छ।









