२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

“”सर्लाहीमा ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु, दुई घाइते””

सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा ट्रकका सहचालक, रौतहटको बृन्दावन नगरपालिका–७ निवासी ३० वर्षीय दिनेश पासवान रहेका छन्। घटनामा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आज बिहान पौने ७ बजे रौतहटबाट सर्लाहीको लालबन्दीस्थित न्युँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्ने क्रममा ११ हजार भोल्टको विद्युत् प्रवाह भएको तारमा ट्रक छोएको थियो। सोही करेन्टको झट्काबाट तीनै जना घाइते भएका थिए।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी तत्काल नमुना अस्पताल हरिवन पठाएको थियो। उपचारका क्रममा सहचालक दिनेश पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।