८ असार २०८२ — स्वतन्त्र सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिप्रति नेकपा (एमाले) ले आपत्ति जनाएपछि प्रतिनिधि सभाको बैठकमा तनाव सिर्जना भएको छ।

बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले शीर्ष नेताका चार जिल्लामा मात्रै बजेट केन्द्रित भएको र बाँकी जिल्लालाई सरकारले नेपालकै हिस्सा नमानेको जस्तो व्यवहार गरेको भन्दै प्रश्न उठाएका थिए। उनको यो अभिव्यक्तिप्रति एमालेका मुख्य सचेतक महेश बर्तौलाले कडा आपत्ति जनाए। यसपछि संसद्मा सांसदहरूबीच आरोप–प्रत्यारोप चल्यो।









