२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

मोदी खोलाको बाढीले मन्दिरमा फसेका पुजारीसहित ३ जनाको सकुशल उद्धार, मन्दिर र दुई पुलमा क्षति

पोखरा ।
कास्की र पर्वतको सिमाना नजिकै मोदी खोलामा आएको बाढीका कारण माता अन्नपूर्ण मन्दिरमा फसेका पुजारीसहित तीन जनाको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना नयाँ पुल बिरेठाटी जाने सडक खण्ड नजिकै रहेको मन्दिरमा शुक्रबार रातको समयमा मोदी खोलाको बाढी पस्दा पर्वत र कास्की जोड्ने दुईवटा मेटल (स्टिल) का पुल तथा मन्दिरको आधा भाग बाढीले बगाएको थियो। पुल बगाएपछि खोलाको बीचमा रहेको मन्दिरमा एक जना पुजारी र दुई जना भक्तजन फसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीका सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमाण्डमा १३ जनाको रोप रेस्क्यु तथा गोताखोर टोली र वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक राम प्रसाद सापकोटाको कमाण्डमा १६ जनाको प्रहरी टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो ।

बिहान ५ः१५ बजेदेखि डोरी (रोप) को बेस बनाई सुरु गरिएको उद्धार कार्यमा सशस्त्र प्रहरी जवान देवराज खनाल र सन्तोष बाँनिया डोरीको सहायताले खोला पारि पुगेका थिए। त्यसपछि सशस्त्र प्रहरी सहायक हवल्दार इन्द्र बहादुर गुरुङ र जवान जनक बुढा थप मद्दतका लागि पारि गएर रोप रेस्क्यु विधिमार्फत बिहान ७ः५५ देखि ८ः१५ बजेको बीचमा तीनै जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो ।

बाढीका कारण फसेको कास्की सराङकोका २८ वर्षिय प्रदिप ढकाल, सर्लाही घर भइ हाल कास्कीको अन्नपूर्ण ८ विरेठाँटी माविका शिक्षक ३० वर्षिय रेवन्त प्रसाद सिंह र मन्दिरका पुजारी भारतिय नागरिक ५२ वर्षिय निर्माण गरिलाई उद्धार गरिएको हो ।

बाढीका कारण अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–घान्द्रुक सडक खण्डका विभिन्न स्थानमा अन्दाजी चार सय मिटर सडक बगाउँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै, नयाँपुलमा रहेका विद्युतका पोलहरू समेत बाढीले ढालेर बगाएपछि सो क्षेत्रमा विद्युत सेवासमेत ठप्प भएको सशस्त्र प्रहरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रसाद सिग्देलले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।