२०८३ कार्तिक १३ बिहीबार
२०८३ कार्तिक १३ बिहीबार

कांग्रेस कास्की क्षेत्र नम्बर १ को चुनावी प्रचार सुरु

पोखरा ।

 नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले आफ्नो चुनावी प्रचार सुरुवात गरेको छ। सोमबार पोखरा २६ कालिकाचोकमा कार्यालयको उद्घाटन गरेर आफ्नो चुनावी रणनीति र चुनावी योजना अगाडि बढाएको छ। नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवार तिलकबहादुर रानाभाट सँगै विभिन्न उपसमितिहरू बनाएर आफ्नो चुनावी रणनीति सहित विभिन्न ठाउँहरूमा घरदैलो अभियान सुरुवात गरेको छ।

चुनावी घोषणा कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछानेले सबै एकजुट भएर कास्की १ मा तिलकबहादुर रानाभाटलाई जिताउन लाग्नुपर्ने र सबै मतदातालाई अनुरोध गर्ने समेत बताएका छन्। पूर्व सभामुख तारानाथ रानाभाटको प्रमुख अतिथितामा सम्पन्न कार्यक्रममा क्षेत्र नम्बर १ का काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूको सयौंको संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सचिवहरू ओम प्रकाश गुरुङ र सरोज केसीले गरेका थिए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।