पोखरा ।

लाली गुराँस एशोसियसन नेपाल र लाली गुराँस एशोसियसन यूकेद्धारा शितलादेवी सामुदायिक माध्यामिक विद्यालयलाई दुई थान टर्च स्क्रीन टीचिङ बोर्ड प्रदान गरिएको छ । पोखरा १२ शितलादेवीमा रहेको शितलादेवी सामुदायिक माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको ब्याक्तित्व बिकास र आवश्यक्तालाई मध्येनजर गरी एलजी एशोसियसनले दुई थान स्मार्ट टर्च स्क्रीन टीचिङ बोर्ड प्रदान गरेको हो । एलजी एशोसियसन नेपाल र एलजी एशोसियसन यूके द्धारा आयोजित एलजी फेस्टबाट संकलित रकमबाट विद्यालयलाई टर्च स्क्रीन टीचिङ बोर्ड प्रदान गरिएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच एलजी एशोसियसन नेपालका अध्यक्ष डम्बर जंग गुरुङ लगायतको टोलीले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री टीका बहादुर कार्की र विद्यालयका प्रध्यानाध्यापक बाबुराम अधिकारीलाई स्मार्ट टर्च स्क्रीन टीचिङ बोर्ड प्रदान गरेका हुन ।

एलजी एशोसियसन यूके र एलजी एशोसियसन नेपालको तर्फबाट एक एक थान स्मार्ट टर्च स्क्रीन टीचिङ बोर्ड प्रदान गरिएको हो । सो अवसरमा वोल्दै लाली गुराँस एशोसियसन नेपालका अध्यक्ष डम्बर जंग गुरुङले शितलादेवी सामुदायिक माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु भविष्यका कर्णधार भएकाले सानो सहयोगले विद्यार्थीहरुको ब्याक्तित्व बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बताए । उक्त सहयोगका लागि एलजी एशोसियसन युके लाई र सम्पूर्ण क्लबका सदस्यहरु प्रति समेत अध्यक्ष गुरुङले आभार प्रकट गरे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टीका बहादुर कार्कीले लालीगुराँस एशोसियसनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मध्येनजर गरी स्मार्ट टर्च स्क्रीन टीचिङ बोर्ड प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । एलजी एशोसियसनले सहयोग स्वरुप प्रदान गरेको स्मार्ट टर्च स्क्रीन टीचिङ बोर्डले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।

एलजी एशोसियसन यूके द्धारा यूकेमा आयोजित एलजी फेष्टबाट संकलित रकमबाट विद्यालयलाई स्मार्टबोर्ड हस्तान्तरण गरिएको हो भने यसअघि एलजी यूकेको सहयोगमा सहारा आधारभुत विद्यालयमा कम्प्युटर प्रदान गरिएको थियोभने सहारा एकेडेमीमा आबद्ध वालकहरुलाई ट्रयाकसुट वितरण गरिएको थियो । एलजी फेस्ट युकेका संयोजक राजेन्द्र गुरुङ ‘कान्छा’ को संयोजकत्वमा उक्त स्थानहरुमा एलजी एशोसियसन नेपालका पदाधिकारीले सहयोग प्रदान गरेका थिए ।

स्मार्टबोर्ड हस्तान्तरण कार्यक्रममा एलजी एशोसियसनका सल्लाहकार चन्द्रमान गुरुङ, प्रजापति गुरुङ एलजी युकेका तारा गुरुङ, मेख सिङ गुरुङ, पवन गुरुङ एशोसिएसनका सदस्य सन्जय थापा, किरण गुरुङ, चिन्टू गुरुङ लगायतको सहभागीता रहेको थियो ।
एलजी एसोसिएसनको पहलमा हुने एलजी फेस्टअन्तर्गत विभिन्न देशहरूमा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरि उक्त सांस्कृतिक कार्यक्रमबाट संकलित रकमद्वारा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।








