नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको चौथो खेल ६ विकेटले जितेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउँदै ११२ रनको लक्ष्य पुरा गर्यो।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४८ रन बनाइन्। रुबिना छेत्रीले २३ रन र कविता कुँवरले १६ रन योगदान दिइन्।
पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएको थियो।
यो जितपछि नेपालले सिरिजमा कमब्याक गर्दै २–२ को बराबरी गर्यो। सिरिजको अन्तिम तथा निर्णायक खेल बुधबार तय छ।









