२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आन्दोलनमा भएको क्षति प्रति गहिरो दुःख व्यक्त

 काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले देशभर भएको आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधन, उद्योग, कार्यालय र व्यवसायिक सम्पत्तिमा क्षति प्रति गहिरो दुःख व्यक्त गरेको छ। महासंघले ज्यान गुमाउने व्यक्तिहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

महासंघले देशभर निर्वाध पेशा र व्यवसाय गर्न सकिने वातावरण सिर्जना गर्न आह्वान गर्दै, निषेधाज्ञा र कर्फ्यूको समयमा अत्यावश्यक सेवा, खाद्यान्न, औषधि, पेट्रोलियम, पानी, फलफूल र तरकारीको आवतजावत सहज गर्न आग्रह गरेको छ। साथै, निजी क्षेत्रले अर्थतन्त्र, रोजगारी र राजश्वमा ठूलो योगदान गर्ने हुँदा यसको सुरक्षामा सबैको ध्यानाकर्षण आवश्यक रहेको महासंघले जोड दिएको छ।

महासंघले व्यवसायिक र व्यक्तिगत सम्पत्तिमा भविष्यमा कुनै पनि प्रकारको आक्रमण नहुने सुनिश्चितता, गुणस्तरीय सामानको नियमित आपूर्ति, सुरक्षा समितिसँग सहकार्य, र व्यवसायिक गतिविधि निर्वाध सञ्चालनका लागि आवश्यक वातावरणको निर्माणमा सरकार र स्थानीय निकायसँग सहकार्य गर्न आग्रह गरेको छ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।