ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीमा केटा साथीको घरमा गएकी एक १८ वर्षीया किशोरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ती किशोरी बुधबार दिउँसो १८ वर्षीय केटा साथीको घरमा गएकी थिइन् । त्यही क्रममा उनी अचानक बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
घटनापछि केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक किशोरीको पनि उमेर १८ वर्षकै रहेको छ । हाल शव पोस्टमार्टमका लागि पठाइएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरू प्रेम सम्बन्धमा रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।









