सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बडिविरपुर–१ का विशाल राय र डाक्नेश्वरी–७ का मनोज राय रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी अधिकारीहरूले दुई राउन्ड हवाई फायर गरेका थिए। जिल्ला प्रहरी कार्यालय सप्तरीका एसएसपी कृष्ण कोइरालाले उक्त जानकारी दिएका हुन्।
पक्राउ परेकाहरूको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।









