२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

“चितवनमा एक वर्षमा वन्यजन्तु आक्रमणले ११ मृत्य”

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, तीमध्ये सबैभन्दा धेरै—गैँडाको आक्रमणबाट ८ जनाको मृत्यु भएको हो। त्यसैगरी, हात्तीको आक्रमणबाट २ जना र बाघको आक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्।

त्यही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन्। तीमध्ये ३२ जना गम्भीर घाइते र ९ जना सामान्य घाइते रहेको थापामगरले जानकारी दिए।

वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न तथा निगुरो टिप्न जंगल गएका व्यक्तिहरू रहेका छन्। निकुञ्जका अनुसार, बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही र गौरीगाईजस्ता वन्यजन्तुबाट मानव मृत्युका घटना घटेका छन्।

पछिल्लो पाँच वर्षको अवधिमा चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली जनावरको आक्रमणबाट ७३ जनाको मृत्यु भइसकेको छ। सोही अवधिमा १६९ जना घाइते भएका छन्। तीमध्ये आर्थिक वर्ष २०७८/२०७९ मा सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो। त्यसमध्ये मात्र २१ जना बाघको आक्रमणमा परेका थिए।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू निकुञ्ज तथा सामुदायिक वनको अनुमति लिएर घाँसदाउरा गर्न जंगल जाने गर्दछन्।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको वासस्थान व्यवस्थित गर्न आवश्यक रहेको बताए। निकुञ्जले यसका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै मेस जाली लगाउने कार्य पनि अघि बढाएको जनाएको छ।

निकुञ्जको तथ्याङ्कअनुसार, वन्यजन्तुको आक्रमणबाट एक वर्षको अवधिमा १७९ वटा घरपालुवा पशु मरेका छन्। तीमध्ये सबैभन्दा धेरै—चितुवाको आक्रमणबाट १४० वटा पशुको क्षति भएको हो। बाघको आक्रमणबाट ३७ र अजिङ्गरको आक्रमणबाट २ वटा पशु मरेका छन्।

त्यस्तै, चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा २३ वटा घरमा हात्तीले क्षति पुर्‍याएको छ। गत आर्थिक वर्षमा मात्र १३ वटा घरको अन्न भण्डारमा हात्तीले क्षति गरेको तथ्याङ्क पनि निकुञ्जले सार्वजनिक गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।