बुटवल ।
बुटवलको होराइजन चोक स्थित मिलिजुली पथमा एक आमा सहित दुइ बच्चाको बिभत्स हत्या भएको छ । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमानले आफ्नै घरमा बोलाई बुधबार बिहान ४ बजेतिर हत्या गरेको बताइएको छ । उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।

स्थानीयका अनुसार हत्या गर्ने सुजन कोइराला हुन् भने मृतक दिपा बस्याल र उनका दुई बच्चा ररहेको स्थानीयको भनाई छ । प्रहरीले घटनाको अनुसनधान भैरहेको जनाएको छ । मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।









