२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

पर्यटकीय शहर पोखरामा ‘बवाल वेयर्स’को आउटलेट सञ्चालन

पोखरा ।  पर्यटकीय शहर पोखरामा नेपाली कपडा ब्राण्ड ‘बवाल वेयर्स’को आउटलेट सञ्चालनमा आएको छ । राजधानी केन्द्रित कारोबार गर्दै आएको बवाल वेयर्सले पोखराको सभागृहमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो । कम्पनीले पर्यटकीय शहर पोखरालाई प्रमुख बजारका रुपमा लिदै शाखा विस्तार गरेको हो ।

शुक्रबारदेखि सञ्चालनमा आएको उक्त आउटलेटको कम्पनीका सञ्चालकहरु सिसन बानियाँ ,बिराट गिरी र बेनदि भारतीले संयुक्त रुपमा उद्घाटन गरे । शुक्रबारदेखि सञ्चालनमा आएको आउटलेटको डिजाइन तथा उत्पादन संग्रह पोखरेली शैली, भाषा र स्थानीय पहिचानमा केन्द्रित रहेको छ ।

पोखरेली स्ल्याङ, स्थानीय सन्दर्भ र प्रिन्ट समेटिएका कपडाहरू उपलब्ध गराइने कम्पनीका सञ्चालक बिराट गिरीले बताए । दैनिक प्रयोगका कपडादेखि समसामयिक फेसनका उत्पादनहरू समेत उपलब्ध छन् । हाल कम्पनीले प्रिन्टेड टिसर्टका साथै ‘बवाल एसेन्सियल्स’ नामक उप–ब्रान्डमार्फत सर्ट, पाइन्ट, ट्राउजरलगायत आधारभूत परिधान उत्पादन गर्दै आएको छ । निकट भविष्यमा आफ्नै ब्रान्डको जिन्स सार्वजनिक गर्ने तयारी समेत रहेको गिरीले बताए ।

गिरीका अनुसार पोखरा ब्रान्डका लागि प्रमुख बजारमध्ये एक भएकाले यहाँ शाखा विस्तार गरिएको हो । काठमाडौंबाट पठाइने उत्पादनमध्ये पोखरा प्रमुख बजार रहेको र यहाँका ग्राहकले ब्रान्ड तथा डिजाइनलाई उत्साहपूर्वक रुचाइरहेका छन् ।

पोखरा शाखामा ४५ ( ५० लाख रुपैयाँ लगानी गरिएको छ । आउटलेट उद्घाटनको अवसरमा कम्पनीले एक सातासम्म ग्राहकलाई ५ प्रतिशत छुट दिने जनाएको छ । आगामी दिनमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम तथा विशेष छुट योजनाहरू पनि सञ्चालन गरिने छन््।

कम्पनी सञ्चालनमा आएको साढे दुई वर्ष भएको छ । आगामी दिनमा काठमाडौंमा थप आउटलेट विस्तार गर्ने तथा पूर्वी नेपालका सहरहरूमा पनि शाखा खोल्ने योजना रहेको छ । साथै विभिन्न युवाहरूलाई रोजगारी समेत दिइएको छ । हाल काठमाडौंस्थित कार्यालय र उत्पादन केन्द्रमा ७० जना कार्यरत छन् ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।