२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कालिका माविलाई पूर्वविद्यार्थीद्वारा विविध सामग्री हस्तान्तरण

पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीहरूले विभिन्न सामग्री हस्तान्तरण गरेका छन् । सो विद्यालयबाट २०७५ सालको एसइई उत्तीर्ण विद्यार्थीहरूले विद्यालयका प्रत्येक कक्षाकोठामा पङ्खा जडान गर्नुका साथै बिजुलीको थप व्यवस्थापन गरेका छन् । विद्यार्थीहरूले शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मा र प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई खेलकुद तथा स्टेसनरी सामग्रीसमेत हस्तान्तरण गरे । समूहका सुशील विक, मदन आचार्य र सुरेश गुरुङले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा पूर्व विद्यार्थी सुशील विकले आफूहरूले विद्यालयप्रतिको कर्तव्यबोधका कारण सकेको सहयोग गरेको बताए । उनले आफूहरूसँग पैसा भएर नभई सबैलाई आफू पढेको विद्यालयप्रतिको कर्तव्य स्मरण गराउनका लागि पनि यो कार्यक्रम गरेको बताउँदै समग्र विद्यालय परिवारलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम लिएर विद्यालय आउने प्रतिबद्धता जनाए । उनका अनुसार सामग्री खरिद गर्नका लागि देशभित्र र बाहिर रहेका पूर्व विद्यार्थीहरू सञ्जय विक, सुस्मिता सुनार, प्रकाश पुन, कार्तिक बानिया, सुरेश गुरुङ, सुबोध गुरुङ, पूर्णिमा श्रेष्ठ, शिवराज चापागाईँ, सुशील विक, प्रीति श्रेष्ठ, मन्दिप रानाभाट, पवित्रा लामा, मदन आचार्य र भुवन थापाको सहयोग रहेको छ ।

सहायक प्रधानाध्यापक बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाले विद्यालयलाई पूर्वविद्यार्थीहरूले गरेको सहयोगप्रति धन्यवाद दिँदै अन्य विद्यार्थीहरूलाई पनि आफूले सकेको सहयोग गर्न आग्रह गरे । शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माले विद्यालयले क्रमशः राम्रा काम गर्दै गएको बताउँदै पूर्वविद्यार्थीहरूले पनि विद्यालयको हितमा काम गर्नका लागि जोडिनु सुखद भएको बताए । कार्यक्रमको सञ्चालन शिक्षिका सिर्जना महतले गरेकी थिइन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।