२४ भदौ, काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू अवज्ञा गर्दै सडकमा उत्रिएका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हिजोको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि आक्रोशित साथी र आफन्तहरूले आज पनि सरकारविरुद्ध नारा लगाउँदै नयाँबानेश्वर चोकमा प्रदर्शन गरेका थिए। प्रदर्शनकारीमध्यमै केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज बिहान साढे ८ बजेदेखि चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। संसद भवन अगाडीलगायत संवेदनशील क्षेत्रमा नेपाली सेना र अन्य सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन भएका छन्। सुरक्षाकर्मीहरूले सडक बन्द गर्न ब्यारिकेडसमेत लगाएका छन्।









