२०८३ श्रावण १३ बुधबार
२०८३ श्रावण १३ बुधबार

पोखरा  । नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखरा–१७ घारीपाटनले आइतबार आफ्नो ३३औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। वि ।सं । २०४९ ९सन् १९९३० मा स्थापित यस अस्पतालले हालसम्म झन्डै ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी मेडिकल डाइरेक्टर डा । बबिता गुरुङले दिइन्।

समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यसलाई स्वास्थ्य पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए। कार्यक्रममा नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले पूर्वाधार विकासमा सरकारको साथ खोजे भने उपाध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले पोखरा–१७ का बासिन्दालाई दर्ता शुल्क निःशुल्क गर्ने घोषणा गरे। महासचिव भरतबहादुर चन्दले सेवा विस्तारको आवश्यकता औँल्याए।

अस्पतालले उत्कृष्ट कर्मचारीका रूपमा डा । अनिल पराजुली, अनुप सुवेदी, उमा सुनुवार र विकल श्रेष्ठलाई सम्मानित गर्‍यो। विभागतर्फ ‘जनरल ओपिडी भिजन एण्ड रिफ्र्याक्सन युनिट’ पुरस्कृत भयो। यस्तै, लामो समय योगदान दिने कर्मचारीहरू गोविन्दनाथ योगी, मन्जु आचार्य, गोविन्दराज बडु, विजय पौडेल, शशिकमला लामिछाने, तेजबहादुर गुरुङ, रीना गुरुङ, धर्मेन्द्रकुमार घोडासैनी, रुपसिंह बोहोरा, दिप गुरुङ, तस्बिरन मियाँ, दीपिका गुरुङ र दीपा शाही सम्मानित भए।

अस्पतालका साझेदार संस्थाहरू आई केयर फाउन्डेसन, कादुरी एग्रिकल्चर एण्ड एसोसिएसन, व्यावसायिक महिला क्लब पोखरा, रोटरी क्लब अफ पोखरा फिस्टेल, मुटु फाउन्डेसन काठमाडौँ, युवा बौद्ध संघ पोखरा, कर्मा फ्लाइट्स र रिडले आई फाउन्डेसनलाई पनि प्रशंसापत्र प्रदान गरियो।

डा। बबिता गुरुङका अनुसार सन् २०२५ मा मात्रै २ लाख ४७ हजार ५८५ जनाले सेवा लिएका छन् भने १५ हजार ८४१ जनाको शल्यक्रिया गरिएको छ। अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले ३९ कर्मचारीबाट सुरु भएको अस्पतालमा अहिले १२५ जना नेपाली दक्ष जनशक्ति कार्यरत रहेको बताए।

समारोहमा आई केयर फाउन्डेसनका कन्ट्री डाइरेक्टर अनिल गोर्खाली, संघका केन्द्रीय सदस्य डा। नन्द श्रेष्ठ, बिजिनेस एण्ड प्रोफेसनल वुमन ग्रुपकी प्रतिनिधि हरिमाया शर्मा, कादुरीका क्याप्टेन राजन राई, गोरखा लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष श्रवणकुमार जोशी र कर्मचारी गोविन्दनाथ योगीले अस्पतालको शैक्षिक र उपचार सेवाको प्रशंसा गरे। सो अवसरमा नेत्र सहायक धर्मेन्द्रकुमार घोडासैनीले कविता प्रस्तुत गरेका थिए। अस्पतालले हाल गण्डकी र कर्णालीमा २७ वटा उपचार केन्द्र र २ वटा सहायक अस्पतालमार्फत सेवा दिइरहेको छ।

पोखरा । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की २ मा चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रम तीव्र पारिएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) को घरदैलो कार्यक्रमले तीव्रता पाएको हो ।

पोखरा–४ विभिन्न टोलका काँग्रेस कार्यकर्ता उत्साहपूर्ण रुपमा आफ्नो पक्षमा मत मागिरहेका छन् ।काँग्रेस सच्चिएर आएको छ, अव ढुक्क भएर मतदान गर्न कार्यकर्ताहरुले मतदातालाई आग्रह गरिरहेका थिए । पोखरा–४ को सिद्धार्थचोकबाट सुरु भएको घरदैलो कार्यक्रमा स्थानीय नेता तथा कार्यकर्ता सहभागी थिए ।

गणेशटोल निवासी प्रविण पालिखेले भने यस पटकको निर्वाचनमा काँग्रेसका कार्यकर्तामा उत्साह थपिएको देख्न पाइयो । यस पटक इमान्दार नेता माधव प्रसाद बास्तोलालाई उम्मेदवार पाउँदा आफू खुसी भएको उनले सुनाए । नेता तथा कार्यकर्ता अधिकांश घरमा पुगेर भोट माग्ने काम गरेका छन् । घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा मन्त्री बिन्दुकुमार थापा, वीरेन्द्रनारायण बिजुक्छे, ऋषि काफ्ले, केशर निर्दोषी, सकुन्तला कोइराला, शंकर बास्तोला, कृष्ण कुमारी परियार, देवकृष्ण पराजुली, विष्णु कोइराला लगायतका नेता तथा कार्यकर्ता सहभागी थिए ।

आइतबार पोखरा–४ को सिद्धार्थचोक, चिप्लेढुंगा, पराजुली मार्ग, गणेशटोल, नालाको मुख, रामकृष्ण टोल, बागलुङ बसपार्क, गैहपाटन बुढालिलाकण्ठ मन्दिर लगायतका स्थानमा मतदातासँग घरदैलो र सुझाव संकलन कार्यक्रम गरिएको बताइएको छ । गणेश टोलमा पुरानो बजार र कलात्मक पुराना घरहरुको संरक्षणमा आफूले जोड दिने कुरा पनि उनले उक्त अवसरमा व्यक्त गरेका थिए ।

घरदैलोकै क्रममा नालाकोे मुखस्थित गणेशमान सिंहको शालिकलाई माल्र्यापण गर्दै बास्तोलाले अब नेपाली काँग्रेस गणेशमान कै बाटोबाट अगाडि वढेको बताउँदै सच्चिएको काँग्रेसले अव सुशासन र समृद्धि प्रमुख एजेण्डाका रुपमा अगाडि वढाउने प्रतिवद्धता व्यक्त गरे ।मध्यपूर्वमा युद्ध प्रभावित मुलुकमा रहेका नेपाली सुरक्षित स्थानमा बस्न र नेपाली नागरिकलाई परेको प्रभावका बारेमा उनले गम्भीर चिन्ता व्यक्त गरेका छन् । युद्धका कारण नेपालीहरुमा पर्न जाने असुविधाप्रति चिन्ता व्यक्त गर्दै उनीहरुलाई सुरक्षित ठाउँमा राख्ने काम नेपाल सरकारले गर्नुपर्ने कुरामा जोड दिए ।

आफूपनि त्रिसुली नदीमा खसेर पुनरजन्म लिएर आएको व्यक्ति भएकाले पीडा कस्तो हुन्छ भन्ने कुरा आफूले भोगेको उनले सुनाए ।घरदैलो कार्यक्रममा पोखरा–४ का वृद्धवृद्धादेखि जेन्जी समुहका मतदाताले बास्तोलालाई आशीर्वाद दिइरहेका छन् । त्यस्तै शनिबार पोखरा–११ मा घरदेलो र सुझाव संकलन अभियान सम्पन्न गरिएको छ । उम्मेदबार बास्तोलाले भने यस पटक काँग्रेसका कार्यकर्तामा अभूतपूर्वक उत्साह देखिएको बताए ।

पोखरा  ।नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्ण थापाले कास्कीका तिनवटै क्षेत्रमा नै विगतका निर्वाचन भन्दा बढी अन्तरले एमालेको जित सुनिश्चित भएको दावी गरेका छन् ।एमाले कास्कीका इन्चार्ज समेत रहेका थापाले यो चुनाव नालापानीको लडाई भएको बताउँदै देशभक्त शक्ति कमजोर हुन नहुने बताए । उनले आफ्नो पार्टीले सशक्त जुझारु उर्जावान उम्मेदवार रश्मि आचार्यलाई निर्वाचनमा खडा गरेको हुँदा विगतका निर्वाचन भन्दा बढि अन्तरले जित्ने विश्वास व्यक्त गरे । नेकपा एमाले क्षेत्र नं. २ कमिटीको आयोजनामा आज सम्पन्न निर्वाचन क्षेत्रीय कोणसभालाई सम्वोधनमा थापाले सो कुरा बताएका हुन् ।

एमालेलाई कमजोर आक्ने प्रयास भैरहेको भन्दै थापाले सबै दृष्टिकोणबाट उत्कृष्ट उम्मेदवार  रश्मि अब जनताको मनबाट अबको सांसद भैसकेको उल्लेख गरे ।कास्की २ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का  प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले रोजगारी खोज्ने होइन रोजगारी दिने उद्धमी युवा बनाउने गरेर आफ्नो ध्यान केन्द्रीत हुने बताए । आज वातावरण र प्रभावकारी नीतिको अभावमा रोजगारी खोज्दै लाखौं युवा बेरोजगार रहेको र विदेशिनु परेको तथ्य आफुहरूसँग रहेको भन्दै सिप, इलम र दक्षता सहितको युवा निर्माणका लागि आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन् ।

युवा स्वरोजगार बनाउन केन्द्रीय नीति र कार्यक्रम प्रभावकारी हुन नसकेको स्थानियको गुनासो सुन्दै आचार्यले लगानीका विशेष सहुलियतका प्याकेज बनाउनुपर्नेमा जोड दिए ।नेकपा एमाले पोखरा १७ वडा कमिटीको व्यवस्थापनमा आयोजित कार्यक्रममा उम्मेदवार आचार्यले युवालाई देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न वर्तमान शिक्षा संरचनामा परिवर्तन आवश्यक रहेको बताए ।हाल सैद्धान्तिक शिक्षा बढी र प्राविधिक शिक्षा कम रहेको अवस्थालाई सुधार गर्दै प्राविधिक धारको शिक्षालाई विस्तार गर्नुपर्नेमा उनको जोड छ ।

प्राविधिक शिक्षा हासिल गरेपछि युवा स्वतः व्यवसाय गर्न सक्षम हुने, उद्यमशीलतामा जोडिन सक्ने र आत्मनिर्भर बन्न सक्ने वातावरण तयार हुने आचार्यको तर्क छ । त्यसका लागि ‘स्टार्टअप विजनेस’ र वाणिज्य क्षेत्रलाई एकीकृत गर्दै सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने उनले बताए ।युवा तथा बौद्विक नेता उनले रोजगार प्रवद्र्धनका लागि स्पष्ट नीति निर्माण, साना तथा मझौला उद्यमलाई प्रोत्साहन र नयाँ व्यवसाय सुरु गर्न सहज वातावरण बनाइने प्रतिवद्धता व्यक्त गरे ।

आचार्यले  रबिन्द्र अधिकारी र विद्या भट्टराईको नेतृत्वमा शुरु भएका अधुरा काम पूरा गर्ने र नयाँ युगको माग अनुसार प्रत्येक परिवार, हरेक समुदाय र संघ–संस्थाले देशको समृद्धिमा योगदान गर्नुपर्ने जोड दिदै सन्तुलित र सर्वाङ्गीण विकासमार्फत समृद्ध समाज निर्माण गर्न सकिने काम गर्ने उल्लेख्य गरे ।कोण सभामा एमाले केन्द्रीय सदस्य प्रभा कोइराला, पूर्व केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भिम कार्की, पूर्व केन्द्रीय सदस्य एवं पूर्व शिक्षामन्त्री विद्या भट्टराई सहितको उपस्थिति रहेको थियो ।

एमाले कास्कीका कार्यबाहक अध्यक्ष भेषराज बरालको अध्यक्षता सम्पन्न कार्यक्रममा क्षेत्र नं. २ का सचिव झपट रानाभाटले कार्यक्रम सञ्चालन ेस्वागत एमाले पोखरा १७ का अध्यक्ष विक्रम गुरुङले गरेका थिए ।

लेखनाथ ।

कास्की क्षेत्र नम्बर १ अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर ३२ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार तिलक रानाभाटको चुनावी घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा हजारौँ युवाको उल्लेख्य सहभागिता देखिएको छ । बिहानदेखि साँझसम्म सञ्चालन गरिएको अभियानमा विभिन्न टोलबस्तीका स्थानीय, युवाहरू, महिला समूह तथा पार्टीका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

घरदैलोका क्रममा रानाभाटले आगामी विकास योजना युवा मैत्री र युवा नेतृत्व केन्द्रित हुनुपर्नेमा जोड दिँदै युवाको सक्रिय सहभागिताबिना दिगो विकास सम्भव नहुने बताए । उनले समाजका सबै क्षेत्रमा युवाको भूमिका सुदृढ गर्न आवश्यक रहेको उल्लेख गर्दै शिक्षा, रोजगारी र उद्यमशीलतामार्फत युवालाई उत्पादनशील शक्तिका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

अभियान अन्तर्गत वडा नं. ३२ का विभिन्न बस्तीमा घरघरमै पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिएको थियो। स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सुकुम्बासी व्यवस्थापन लगायतका विषयमा नागरिकका गुनासा र सुझाव संकलन गरिएको र समस्याको दिगो समाधानका लागि योजना निर्माण गरिने रानाभाटले बताए । आफू क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको उम्मेदवारका रूपमा जनताको सेवा र विकासका एजेन्डामा प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

रानाभाटले विजयी भए सुकुम्बासी समस्या व्यवस्थित समाधान, लामेआहाको प्रस्ताविक क्षेत्रीय बसपार्क निर्माण, गण्डकी विश्वविद्यालयको विस्तार, रुपातालको समग्र विकास, कृषि आधुनिकीकरण, माहुरीपालन प्रवद्र्धन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आत्मनिर्भर वडा निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

उनका अनुसार कृषकलाई केन्द्रमा राखी आयआर्जन अभिवृद्धि गर्ने योजना प्राथमिकतामा रहनेछ। सडक पहुँच विस्तार, व्यवसायमुखी कृषि, जडीबुटी उत्पादन र स्थानीय उद्योग प्रवद्र्धनमार्फत वडाको अर्थतन्त्र सुदृढ गर्न सकिने उनले बताए । महिला अधिकार सुदृढीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार तथा सीपमूलक शिक्षालाई क्षेत्रीय विकासका आधार स्तम्भका रूपमा अघि सारिएको उनले उल्लेख गरे।

कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण केसी, वडा सभापतिा, नेपाली कांग्रेसका विभिन्न भ्रातृ संघ प्रतिनिधि, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। तल्लोगगनगौडा, लामेआहाल, मजुवा, खुदीखोला, मालमुल, राजाको चौतारा, मालेपाटन, ढोडवेसी, सातमुहाने र खोलाको छेउ लगायतका बस्तीमा घरदैलो अभियान सञ्चालन गरिएको हो ।

पोखरा ।
कास्की–१ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–२८ का मतदातासँग भेटघाट गरेका छन् । उनी आइतबार आफ्नो जन्म वडा पुगेका हुन् ।
आफ्ना गाउँबासी मतदाताबाट उनले निकै भव्य स्वागत पाए । ठाउँ–ठाउँमा उनलाई माला, टीका लगाउन तछाडमछाडकै परिस्थिति बन्यो ।

उनले पोखरा–२८ कै मतदाताले जिताउँदा यसअघि जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुने अवसर पाएको र फेरि आफ्ना गाउँबासीले भारी मत दिने विश्वास व्यक्त गरे । ‘यहीँ जन्मे–हुर्केको मान्छे हो । तपाईंहरुकै भान्सामा खाएको, सधैँ यहीँ भेटिने, यहीँ काम गरेको मान्छे हो,’ उनले भने, ‘यो हाम्रो गाउँका लागि अर्को अवसर हो । गाउँले मलाई निकै भारी मत दिन्छ भन्ने विश्वास छ ।’

आफू कुनै पदमा नहुँदा पनि गाउँको विद्यालय, सडक निर्माण, खानेपानी आयोजना निर्माणमा निरन्तर खटिएको उनले सुनाए । वडाभित्र केही ठाउँमा अझै खानेपानीको समस्या रहेको र समाधान गर्ने उनले प्रतिबद्धता जनाए । पोखराका पूर्वमेयर मानबहादुर जिसीकै पहलमा कालिकासम्म पुग्ने सडक कालोपत्रे भएको उनले स्मरण गरे । पोखरा–२८ मा एमालेकै पहलमा स्मरणयोग्य धेरै काम भएको भन्दै उनले भारी मत पाउने विश्वास व्यक्त गरे ।
एमालेले सोमबार पोखरा–१० मा घरदैलो गर्ने तयारी गरेको छ ।

 

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की निर्वाचन क्षेत्र नं.३ ले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै ‘सुरक्षा कमाण्ड’ घोषणा गरेको छ । पोखरामा आयोजित विशाल भेलामा सयौं युवाको सहभागिता रहेको थियो । सहभागी युवाहरूले एमालेका उम्मेदवारलाई विजयी गराउने दृढ प्रतिबद्धतासहित कमाण्ड घोषणा गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एमाले नेता तथा पूर्व मन्त्री जगत बहादुर विश्वकर्माले चौतर्फी घेराबन्दीका बीच पनि एमालेको जित सुनिश्चित हुने दाबी गरे । उनले युवाहरूलाई अझ सक्रिय र संगठित भएर निर्वाचनमा होमिन आग्रह गरे ।
एमाले कास्की–३ का उम्मेदवार दामोदर पौडेल (वैरागी) ले एमाले जनतामाझ स्थापित शक्ति भएको उल्लेख गर्दै समृद्ध नेपालको नेतृत्व एमालेले गर्ने विश्वास व्यक्त गरे । समानुपातिकतर्फका उम्मेदवारहरूलाई समेत विजयी गराउने संकल्प सभाले गरेको छ ।

५ सय सदस्यीय सुरक्षा कमाण्ड गठन

भेलाले पानबहादुर जिसी, नमराज केसी र मञ्जु कुँवरको नेतृत्वमा ५ सय सदस्यीय सुरक्षा कमाण्ड घोषणा गरेको छ । एमाले नेता लक्ष्मी अधिकारीका अनुसार निर्वाचनलाई आफ्नो पक्षमा पार्ने र निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्ने उद्देश्यले कमाण्ड गठन गरिएको हो ।

क्षेत्र नं. ३ अन्तर्गत पर्ने पोखरा महानगरका वडा नं. १, २, ५, १८, १९, २४ र २५ को कमाण्ड जिम्मेवारी डिल्लीराम सुवेदीलाई दिइएको छ । अन्य वडाको जिम्मा सूर्य भण्डारीलाई तोकिएको छ । त्यस्तै माछापुच्छ्रे गाउँपालिका मा दलबहादुर लामिछाने र अन्नपूर्ण गाउँपालिका मा शिव सुवेदीलाई कमाण्डरको जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यक्रममा नेता राजिव पहारी, माधव बास्तोला, कमाण्डर शिव सुवेदी र जेनजी शिवानी पौडेलले एमालेको पक्षमा जुनसुकै शक्तिविरुद्ध पनि सक्रिय रहने प्रतिबद्धता जनाए । उक्त भेला नेकपा एमालेका युवा नेता पानबहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फागुन २१ को निर्वाचनलाई केन्द्रित गर्दै एमाले कास्की–३ ले घोषणा गरेको सुरक्षा कमाण्डले क्षेत्रको राजनीतिक माहोल तताएको छ । युवा उत्साह र संगठनात्मक सक्रियतासँगै एमालेले चुनावी मैदानमा आफूलाई थप मजबुत बनाउने संकेत दिएको छ ।

पोखरा  । कास्की २ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का  प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले ‘सबको साथ, सबको विकास’ र ‘सँगसँगै विकास, जीवनसँग जोडिएको विकास’को अवधारणाले अहिलेको समयको व्यवस्थित विकासको अगुवाई गर्ने  बताएका छन् । उनले समावेशी, व्यवहारिक र जनजीवनसँग प्रत्यक्ष जोडिएको विकासमार्फत मात्रै देशले सही निकास पाउने धारणा राखे ।
‘दिगो विकास र सन्तुलित विकास’, जनसाथ र सहभागीमा मात्रै सम्भव हुने उल्लेख गर्दै उम्मेदवार आचार्यले दिगो विकासका लक्ष्य प्राप्त गर्न स्थानीय स्रोत साधनको उच्चतम परिचालनका निम्ति आफुले सो अवधारणा अघि सारेको उल्लेख गरे । आम श्रमजिवीहरूको हितमा सो अवधारणा उपयोगी हुने उनको तर्क छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजित मतदाता भेटघाट कार्यक्रममा पोखरा–१७ का मतदातासँग साक्षात्कार गर्दै उनले यस्तो बताएका हुन् ।उनले आफू निर्वाचित भईसकेपछि देशमा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहने स्पष्ट पारे । सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गरी नागरिकलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउन आवाज उठाउने उनको प्रतिबद्धता छ ।
त्यसैगरी, वडा, प्रदेश र केन्द्र तहबीच प्रभावकारी समन्वय गरी विकास योजनालाई अघि बढाउने, केन्द्रबाट आउने बजेटलाई क्षेत्रको आवश्यकताअनुसार परिचालन गर्न सक्रिय भूमिका खेल्ने र समग्र विकास अभियानलाई परिणाममुखी बनाउने आचार्यको  प्रष्टोक्ति छ ।
कार्यक्रममा एमालेका अग्रज नेता  सोमनाथ  अधिकारी प्यासी, एमाले केन्द्रिय सदस्य  प्रभा कोइराला, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की,  पूर्व प्रदेश कमिटी सदस्य केशव प्रसाद आचार्य, क्षेत्र नं. २ का सचिव झपट रानाभाट, राधिका शाही, जिल्ला कमिटी सदस्य  सुवास ढुंगाना, युवा नेता शिवराज आचार्य, अग्रज नेता झपिन्द्र रेग्मी, सो वडाका अध्यक्ष विक्रम गुरुङ लगायत स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

 
 
 
 
 

पोखरा । नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा सनफ्लावर बोर्डिङ स्कुल, पोखरा–२, अर्चलबोटमा क्रियाशील जुनियर रेडक्रस सर्कलको व्यवस्थापनमा शनिवार पोखरामा जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।
जम्मा १३ जनाको सहभागिता रहेको प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दीपशिखा क्षेत्री प्रथम भएकी छन् ।

त्यसै गरी ज्ञानसागर एकेडेमीकी रोजिना अधिकारी द्वितीय, सिर्जना आवासीय माविका विवेक सुनार तृतीय तथा छोरेपाटन माविकी श्रवणा दाहाल र होलीमाउन्ड बोर्डिङ स्कुलकी अनुस्का ढकाल सान्त्वना स्थान प्राप्त गर्न सफल भए । प्रतियोगिताका निर्णायकहरूमा कार्यमूलक नेपाली व्याकरण, बोध तथा अभिव्यक्तिका लेखक बाबुराम सुवेदी, साहित्यकार रुपिन्द्र प्रभावी र डिल्लीराम बराल रहेका थिए ।

जुनियर रेडक्रस सर्कल, सनफ्लावर बोर्डिङ स्कुलकी अध्यक्ष समष्टि पौडेलको अध्यतामा भएको कार्यक्रममको नेपाल रेडक्रस सोसाइटी, कास्कीका निवर्तमान अध्यक्ष डण्डराज शर्माले उद्घाटन गरेका थिए । शर्माले रेडक्रस विपत्को मात्र साथी नभई चेतनाको संवाहक पनि भएको बताए ।

विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नका लागि रेडक्रसले विविध गतिविधि सञ्चालन गर्दै आएको भन्दै शर्माले कास्की शाखाको कार्य देशभरकै लागि उदाहरणीय रहेको धारणा राखे ।
कार्यक्रममा कास्कीका शाखाका उपमन्त्री तथा जुनियर युवा संयोजक डिल्लीराम बरालले रेडक्रसले विद्यार्थीको प्रतिभा उजागर हुने किसिमका विविध कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा सनफ्लावर बोर्डिङ स्कुलका निर्देशक दीपक शाहको स्वागतमा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीहरू अनिसा खनाल र ईशा खत्रीले गरेका थिए । विजेताहरूलाई जिल्ला सदस्य सूर्यप्रसाद तिमिल्सिना ‘पालुवा’, विद्यालयका प्रिन्सिपल अमर माइकल गुरुङ, शिक्षक नायक सचिन पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा ।
कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार नेकपा एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले रुपा गाउँपालिकाका मतदातासँग भेटघाट गरेका छन् । अधिकारीले शुक्रबार र शनिबार रुपा गाउँपालिकाका मतदातासँग भेटघाट गरेका हुन् ।

एमालेको राम्रो पकड क्षेत्र मानिने रुपामा बैनबहादुर पुग्दा स्थानीयको बाक्लो उपस्थिति थियो । उनले पूर्वाधार निर्माणतर्फ रुपा गाउँपालिकामा २०७४ सालअगाडि र अहिलेको अवस्थामा आकाश–जमिनको फरक रहेको दाबी गरे । कामको हिसाबले कास्की–१ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भूमिकामा प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाइ थियो । ‘रुपामा कति पक्की सडक थियो ? हाम्रो पूर्वाधारको अवस्था के थियो ? एकपटक सम्झौँ त ।

अहिले हाम्रो ठाउँको अवस्था के छ ?’ उनले थपे, ‘रुपामा एमालेले धेरै काम गरेको छ । कास्की–१ मा एमालेले काम गरेन भनेर प्रश्न उठाउने ठाउँ छैन ।’ उनले केही काम गर्न बाँकी हुनसक्ने र त्यसलाई आफू निर्वाचित भएपछि पूरा गर्ने प्रतिबद्धता जनाए ।

रुपाले काम गर्ने जनप्रतिनिधि पाएको, अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुङलाई हेरेर एमालेलाई मत दिन उनले आग्रह गरे । ‘यहाँ एमालेकै जनप्रतिनिधि हुनुहुन्छ । यो क्षेत्र प्रदेशमा पनि एमालेले जितेको छ । मैले जितेपछि उहाँहरुसँग सल्लाह गरेरै काम गर्ने हो,’ उनले थपे, ‘तलदेखि माथिसम्म सबै एउटै पार्टीबाट निर्वाचत भएको भएपछि हामीले झनै काम गर्न सक्छौँ ।’

रुपाका गाउँगाउँ पुग्ने भित्रि सडक पूर्णता दिन आफू खटिने उनले सुनाए । तटबन्धन, सामुदायिक भवन निर्माणमा पनि आफ्नो पहल रहने उनको भनाइ थियो । अधिकारीले आफू तलबभत्ता खानमात्र नभई जनताको आवाज संसद्सम्म पु¥याउन जाने बताए । ‘भत्ता खानका लागि मात्र बैनबहादुर संसद्मा जाँदैन । त्यहाँ जनताका आवाज राख्न जाने हो । जनतालाई सहज हुने कानुन निर्माण गर्न जाने हो,’ उनले भने ।
उम्मेद्वार अधिकारी आइतबार आफ्नै जन्मथलो पोखरा–२८ का मतदातासँग भेटघाट गर्न जाने तालिका छ ।

पोखरा । शेर्पा समुदायको महान पर्व २१५३औँ मे फा ता लो ग्याल्पो ल्होसारको अवसरमा पोखरा शेर्पा समाज कास्कीले शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।बुलौदीस्थित हिमचुली पार्टी प्यालेसमा आयोजित कार्यक्रममा समुदायका अग्रज, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो।

समाजका अध्यक्ष राजेश शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोपेन गोम्पु शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित। प्रमुख अतिथि शेर्पाले ग्याल्पो ल्होसारले शेर्पा समुदायको ऐतिहासिक पहिचान, धार्मिक आस्था र सांस्कृतिक मौलिकतालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले भाषा, भेषभूषा, परम्परा र संस्कारको संरक्षण गर्न नयाँ पुस्तालाई सचेत र सक्रिय बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो।

विशेष अतिथिका रूपमा पूर्वाञ्चल सेवा समाजका अध्यक्ष बालकुमार लुईटेलले ल्होसार पर्वले आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश फैलाउने उल्लेख गर्नुभयो। उहाँले यस्ता सांस्कृतिक कार्यक्रमले सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा शेर्पा समुदायको मौलिक स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकलाई विशेष आकर्षित गरेको थियो। पारम्परिक पोशाकमा सजिएका कलाकारहरूले प्रस्तुत गरेको थियो। साथै, समुदायभित्र शिक्षा क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका लाक्पा शेर्पालाई सम्मान गरिएको थियो।

कार्यक्रमका क्रममा विभिन्न वक्ताहरूले ग्याल्पो ल्होसारको ऐतिहासिक पृष्ठभूमि, यसको धार्मिक तथा सांस्कृतिक महत्वबारे चर्चा गर्दै समुदायबीच एकता, सहकार्य र आपसी सहयोगको भावना विकास गर्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले एकअर्कालाई शुभकामना आदान–प्रदान गर्दै पर्वको उल्लास साझा गरेका थिए।

कार्यक्रमको सञ्चालन दावा छिरिङ शेर्पाले गरेका थिए। पोखरा शेर्पा समाजले आगामी दिनमा पनि समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।