पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई गुरुङ गहना घर प्रालिले साथ दिएको छ ।उक्त कम्पनीले पोखरा स्पोर्टस् अवार्डको महत्वपूर्ण विधा पिपल्स च्वाइस अवार्डमा प्रदान गरिने टिभिएस एनट्रक स्कुटर प्रायोजन गर्ने भएको हो । सो सम्बन्धमा बिहीबार पोखराको न्यूरोडस्थित कम्पनी परिसरमा आयोजित समारोहमा मञ्चका तर्फबाट अध्यक्ष एमबि आस्था र गुरुङ गहना घर प्रालिका तर्फबाट संचालक सीमा गुरुङबीच सहमतिपत्रमा हस्ताक्षर भयो ।

सो अवसरमा संचालक गुरुङले खेलाडी भनेका देशकै गहना भएकाले आफूले सहयोग गर्न चाहेको बताइन् । हालै मात्र नेपाली फुटबल साम्बाले उपचार सहयोगार्थ गरेको याचनाले आफू संवेदनशील बनेको उल्लेख गर्दै खेलाडीको सम्मानमा हुन लागेको पोखरा स्पोर्टस् अवार्डमा जोडिएको बताइन् । आफू विदेश नगई स्वदेशमै केही गर्न चाहेकाले व्यवसायमा हात हालेको जानकारी दिइन् । मानिसले चाहेमा स्वदेशमै पनि प्रगति गर्न सकिने उनको भनाइ थियो ।
सहयोगप्रति मञ्चका अध्यक्ष एमबि आस्थाले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । सो अवसरमा मञ्चका महासचिव परशुराम शर्माले संचालन र धन्यवाद ज्ञापन उपाध्यक्ष राजाराम पौडेलले गरे । २०७८ असोज २१ मा स्थापित गृहना घरको हाल पोखरा न्यूरोडमै तीन वटा शाखा कार्यालय सञ्चालित छन् । जसअनुसार गुरुङ गहनाघर प्रालिसहित गुरुङ गहना घर र गोल्ड स्पट हुन् ।

आगामी वैशाख १८ गते हुने उक्त अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने मूल आयोजक समिति अध्यक्ष समेत रहेका मञ्च अध्यक्ष एमबि आस्थाले जानकारी दिए ।गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकीसहित कास्कीका पोखरा महानगरसहित पाँचै वटा पालिकाको विशेष सहयोग रहनेछ । अवार्ड सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।मञ्चले पोखरा स्पोर्टस् अवार्ड सभ्य र भब्य बनाउनका लागि मञ्चका अध्यक्ष एमबी आस्था मगर मूल आयोजक समिति संयोजक रहने गरि विभिन्न १० वटा उपसमिति गठन गरेको छ ।
जसको सहसंयोजकमा उपाध्यक्षद्वय राजाराम पौडेल र उमा आले छन् । आर्थिक उपसमिति संयोजक जिम्मेवारी कोषाध्यक्ष विमलप्रसाद तिवारीलाई दिइएको छ । यसैगरी, प्रचारप्रसार संयोजकमा महासचिव परशुराम शर्मा र सहसंयोजक पूर्व महासचिव विजय नेपाल छन् । स्वागत तथा अतिथि सत्कारमा निवर्तमान अध्यक्ष दीननाथ बराल, अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजकमा पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मञ्च व्यवस्थापन तथा सांस्कृतिक उपसमिति संयोजकमा सचिव राजु गिरी चयन भए । फोटो तथा भिडियो व्यवस्थापनको जिम्मेवारी कार्यसमिति सदस्य गिता रानाले पाए । अनुगमन तथा मूल्यांकन उपसमिति संयोजकमा पूर्व कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ र संघसंस्था समन्वय संयोजक राजाराम पौडेल र क्वीक रेस्पोन्स संयोजक उमा आले छन् ।
मञ्चका पूर्व अध्यक्षहरु तथा हालका सल्लाहकार एवं कानूनी सल्लाहकारलाई अवार्डको सल्लाहकारमा चयन गरिएको छ । अन्य उपसमिति आवश्यकता बमोजिम थप गरिने जनाइएको छ । मञ्चले यसपालि लाइफटाइम अचिभमेन्ट अवार्डसहित ८ विधामा अवार्ड प्रदान गर्दैछ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, पिपल च्वाइस अवार्ड, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेल संघसंस्था रहेका छन । ठिक एक महिनापछि हुने उक्त अवार्ड खेलाडी सम्मानमा गण्डकीकै ठूलो इभेन्ट हो ।
पोखरा ।
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ ।मादी गाउँपालिकाको सहयोगमा मंगलबार र बुधबार भएको कार्यक्रममा मादी गाउँपालिकाले सहयोग गरेको हो । कार्यक्रममा फोटोको माध्यमबाट कसरी ग्रामिण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएको थियो ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले मादी गाउँपालिकाको प्रकृति र संस्कृति फोटो माध्यमबाट विश्वमाझ चिनिएको बताए । पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समाचार र फोटोमा महत्वपूर्ण भूमिका रहेको उनले सुनाए । मादीको सम्पति भनेकै प्रकृति र संस्कृति भएकाले फोटो पत्रकारले तस्बिरका माध्यमबाट प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । ‘हामीसँग बेच्ने २ वटा चिज छ । एउटा प्रकृति अर्को संस्कृति हो । अनि अर्को भनेको कृषि पनि हो । त्यसैले माथिल्लो भेगमा पर्यटन र तल्लो भेगमा कृषि योग्य जमिनमा परिण गरेर प्रवद्र्धन गरिरहेका छौं,’ उनले भने, ‘माथिल्लो भेगको कोरी, क्हपुचे, क्रपुलगायत सिक्लेस, ताङतिङमा पर्यटकीय क्षेत्र हुन् । विस्तारै याङ्जाकोट, भाचोक, वार्चोकलगायत ठाउँमा होमस्टे विस्तार भइरहेको अवस्था छ ।’
पालिकाले मादीको पर्यटनलाई कृषिलाई प्रवद्र्धन गरिरहँदा केही प्रचार भएपछि पनि फोटो पत्रकारहरुको क्यामेराले विश्वमाझ पु¥याउन सहयोग पुग्ने अध्यक्ष गुरुङले बताए । पछिल्लो समय ७० प्रतिशत जनसंख्या पोखरा, काठमाडौंसहित विदेशमा भएकाले केही समस्या हुने उनको आंकलन छ । ‘मादीका क्षमतावान युवाहरु कम नै छ । त्यसैले हामीले दक्ष जनशक्तिलाई गाउँमै टिकाउन सहयोग गरिरहेका छौं,’ उनले भने, ‘कृषिमा अनुदानदेखि संस्कृति संरक्षणका लागि घाटु, कृष्णचरित्र, बालन नाच संरक्षणका लागि साथ दिइरहेका छौं ।’
मादीको पर्यटन प्रवद्र्धनका लागि यो वर्ष १५ लाख रुपैयाँ बराबरको रकम ५०÷५० को कार्यक्रममा सहायता दिइने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । पालिकाको ५ सय ६३ वर्गकिलोमिटरको क्षेत्रफलमा ४ सय ६३ वर्गकिलोमिटर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्ने भएकाले एक्यापसँग मिलेर पनि पर्यटन क्षेत्रको प्रवद्र्धन र स्थायी बसोबासका कार्यक्रम गरिरहेको उनले बताए । तर, माथिल्लो भेगमा बनाइएको होटल, चियाघर दर्तामा समस्या भएको उनको भनाइ थियो ।
मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न पालिकाले अझ नयाँ कार्यक्रम बनाउँदै जाने बताए । कोरी, क्हपुचे, क्रपुलगायत सिक्लेस, ताङतिङ जस्तै गरी अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि काम गरिरहेकाले त्यसमा फोटो पत्रकारको क्यामेरा र कलम अझै शसक्त हुने उनको भनाइ थियो । सिक्लेस, ताङतिङले आन्तरिक तथा बाह्य पर्यटक तथ्यांक राख्न सुरु गरिसकेकाले अन्य गाउँहरुले पनि त्यसको सुरुआत गर्नुपर्नेमा उनको जोड थियो । केही ठाउँ र गाउँहरु प्रचारप्रसारको पर्खाइमा रहेकाले पत्रकारको नजर पुग्नुपर्ने उनले बताए । ‘फोटोले प्रचारप्रसार पु¥याउने महत्व, त्यसले हामीलाई बनाउने भावुकपना र गौरवगर्ने अवस्थाले फोटो पत्रकारिताको महत्व झल्काउँछ,’ उनले भने ।
नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेलले सूचना प्रविधिको युगमा प्रचारप्रसारमा खेल्ने भूमिका अतुलनीय रहेको बताए । विशेष गरी ग्रामिण पर्यटन प्रवद्र्धनमा पत्रकारले सधैं सकरात्मक भूमिका खेलेकाले आगामी दिनमा यसलाई निरन्तरता दिन अति आवश्यक रहेको उनले सुनाए । मादीमा धेरै पर्यटकीय क्षेत्र भएकाले त्यसमा पत्रकारको ध्यान जाने उनले विश्वास दिलाए ।कार्यक्रममा मादी गाउँपालिका–३ का अध्यक्ष विकास गुरुङले याङ्जाकोट गाउँ प्राकृतिक र सांस्कृतिक हिसाबमा महत्वपूर्ण रहेको बताए । याङ्जाकोटमा आन्तरिक पर्यटक बढेपनि बाह्य पर्यटक कम जाने भएकाले प्रचासप्रसारको आवश्यकता रहेको उनले सुनाए । यसमा फोटो र समाचारको महत्वपूर्ण भूमिका हुने भएकाले फोटो पत्रकारले आयोजना गरेको अन्तरक्रिया फलदायी हुने उनको विश्वास थियो ।
याङ्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष रोशन गुरुङले पाहुना सत्कारका लागि अहिले १० घर होमस्टे स्थापना गरिएको जानकारी दिए । २०६७ सालदेखि होमस्टे सञ्चालनमा आएदेखि गाउँ पुग्ने पर्यटकलाई सहज भइरहेको उनले बताए । यहाँ ढुंगाले छाएको घर, गाउँबाट देखिने हिमाल डाँडाकाडा, बीच गाउँमा रहेको ऐतिहासिक पोखरी, गुरुङ मन्दिर, कोट याङ्जाकोटको आकर्षण रहेको जानकारी दिए । गाउँ पुग्ने पाहुनालाई गाउँकै अग्र्यानिक खानाको स्वाद पस्किने गरेको उनले बताए ।
कार्यक्रममा नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङले ग्रामिण पर्यटन प्रवद्र्धनमा संघले स्थापनाकाल देखि नै भूमिका खेल्दै आएकाले यसलाई निरन्तरता दिदैं जाने बताए । यसमा पालिका, वडा, स्थानीय समुदाय र फोटो पत्रकारको समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो । संघकी सह–सचिव दुर्गा रानामगरले फोटो र पर्यटन एकअर्काको परिपुरक भएको बताइन् । सोही कारण मादीको पर्यटकीय गाउँ याङ्जाकोटमा अन्तरक्रिया आयोजना गरिएको उनको भनाइ थियो । संघकी उपाध्यक्ष राधिका कंडलले संयोजन गरेको अन्तरक्रिया कार्यक्रम पत्रकार, स्थानीय, जनप्रतिनिधिसहित ६० जनाको सहभागिता रहेको थियो ।
पोखरा ।
पोखराका तीन पत्रकार र एक संस्थालाई नेपाल पत्रकार महासंघको७१ औं स्थापना दिवसको अवसर पारेर सम्मान एवम् पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले २०५५ सालमा स्थापना गरेको पोखरा पत्रकारिता सम्मान २०८१ बाट पत्रकार राज बहादुर गुरुङलाई नगद रु. ५० हजार ५ सय ५५ सहित र २०८२ बाट संस्थागत रुपमा महासंघलाई दिएको योगदान स्वरुप सहारा क्लबलाई सम्मानपत्र प्रदान गरेको हो । विगत तीन दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गरुङ हाल यूनाइटेड खबर अनलाइनमा आवद्ध छन् ।
यस्तै पोखराका प्रथम पत्रकार स्व.जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ बाट एकराज गिरीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार ५ सय ५५ रुपैया , दोसल्ला र सम्मान पत्र सहित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र स्व.जगन्नाथ सिग्देल परिवारले उनीहरुलाई सम्मान अर्पण गरे । विगत २ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अधिकारी हाल गोरखापत्र साथै समाधान दैनिक र गिरी सफल न्यूजमा आवद्ध छन् ।
सम्मानित व्यक्तित्वलाई बधाई दिदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले आमनागरिकलाई सत्यतथ्य सूचना र समाचार पैल्याउन गाह्रो रहेको अहिलेको अवस्थामा जिम्मेवार र मर्यादित पत्रकारिता आवश्यक रहेको बताए ।
शक्तिशाली सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्न सक्ने संकेत गर्दै पत्रकारिताले निश्पक्ष रुपमा प्रतिपक्षको भूमिका निभाउन पर्ने औल्याए । कार्यक्रममा संघ संस्थाको तर्फबाट लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी , प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, अग्रज पत्रकार कुसुमकेशव पराजुली लगाएत बोलेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन भुपाल गुरुङले गरेका थिए ।वि.सं. २०१२ सालमा स्थापना भएको नेपाल पत्रकार महासंघले यस वर्षको ७१ औं स्थापना दिवस मर्यादित पत्रकारिता,सुरक्षित पत्रकार ः श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार भन्ने नाराका साथ देशभरका शाखाहरुमा विभिन्न कार्यक्रम गरि मनाएको हो ।
पोखरा । पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकिकृत पर्यटकीय गतिविधि अगाडि बढाउने विषयमा आइतबार पोखरामा छलफल गरिएको छ ।होटल संघ पोखरा नेपालले नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रद्रेशका संचारकर्मीसँग गरेको अन्तरसम्बाद कार्यक्रमा उक्त विषय उठान गरिएको हो । उल्लेखित तीन क्षेत्रलाई समेटेर सिल्भर ट्रयाङ्गलको अवधारणा अन्तर्गत पर्यटन प्रबद्र्धन गर्न सकिने विषय सो अवसरमा उठान गरिएको थियो ।
विगतमा काठमाडौं, चितवन र पोखरालाई समेटेर गोल्डेन ट्रयाङ्गलको चर्चा हुने गरेको स्मरण गराउँदै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा, लुम्बिनी र चितवनलाई सिल्भर ट्रयाङ्गलको रुपमा अगाडि बढाउन सकिने बताए । पोखरा पर्यटनको राजधानी भएका कारण मुख्य हवको रुपमा विकास गरी लुम्बिनी र चितवनलाई समेत समेटेर पर्यटन तथा व्यवसायिक आदानप्रदान र पबद्र्धनका गतिविधि संचालन गर्न सकिने सुझाव लामिछानेले राखे ।
होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले १० बर्षे द्वन्द्वकालमा पोखरा आउने पर्यटक संख्यामा उल्लेख्य गिरावट आएपछि आन्तरिक पर्यटक प्रबद्र्धनस्वरुप जाउँ है पोखरा अभियान सुरु गरिएको जानकारी दिए । सो अवसरमा पराजुलीले सिल्भर ट्रयाङ्गलको अवधारणा पर्यटन प्रबद्र्धनका लागि प्रभावकारी हुन सक्ने भनाई राखे । बुटवल र पोखरा जोड्ने मार्गलाई फाष्ट ट्रयाकका रुपमा विकास गर्न सके पोखरा र लुम्बिनीको पर्यटनमा सकारात्मक प्रभाव पर्ने भनाई पनि उनले राखे ।
संघले हालै मात्र पूर्वी नेपालमा पाँच दिने जाउँ है पोखरा अभियान सम्पन्न गरेको र सोही सन्दर्भमा पश्चिम नेपाललाई समेत समेट्ने गरी लुम्बिनी क्षेत्रका संचारकर्मीसँग यो अन्तरक्रिया आयोजना गरको हो । सो अवसरमा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले आफूहरुले विगतमा पश्चिम नेपालमा समेत यस्तो अभियान संचालन गरेको स्मरण गराउँदै लुम्बिनी क्षेत्रका संचारकर्मी स्वयं पोखरामा उपस्थित हुनु सुखद पक्ष भएको बताए । यही चैत २९ देखि आगामी बैशाख १ गतेसम्म पोखरामा संचालन हुने २१ औं फेवा नवबर्ष महोत्सवमा आउने पाहुनालाई संघ अन्तर्गतका होटलले भारि छुट प्रदान गर्ने पनि उनले सो अवसरमा बताए । बुद्ध जन्मस्थलको रुपमा लुम्बिनी विश्वप्रसिद्ध रहेको बताउँदै अध्यक्ष सुवेदीले पोखराका पर्यटकीय सम्पदाका बारेमा चर्चा गरेका थिए ।
सो अवसरमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी र पोखरा महानगरपालिका व्यवसाय प्रबद्र्धन केन्द्र पोखराका प्रमुख नबराज अधिकारीले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका कोषाध्यक्ष नेत्रप्रसाद पौडेलले गरेका थिए ।
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ ।माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा यही चैत ११ देखी १४ गतेसम्म हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले, खेलकुदको विकाससँगै गाउँपालिकाभित्रको पर्यटन प्रवर्द्धनका लागि अध्यक्ष कप आयोजना गरिएको बताए । गुरुङले सोमवार सम्म पुरुष तर्फ १६ र महिला तर्फ ८ गरी २४ समूह सहभागिताका लागि समर्पकमा आएको बताए । उक्त अवसरमा गुरुङले प्रतियोगितामा सहभागी हुन चैत्र १० गते सोमवार दिनको ठिक ३ बजे भित्र टिम दर्ता गरिसक्नुपर्ने भएकाले उक्त दिन सम्म सहभागिताकाको सङ्ख्या बढ्ने अनुमान गरिएको समेत उल्लेख गरे । गाउँपालिकाले खेलकुदको महत्वलाई बुझेको छ र आगामी दिनमा पनि निरन्तर रूपमा आयोजना गर्ने योजना बनाएको सम्मेलनमा जनकारी दिए ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितिय पुरस्कार १ लाख र ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु २५÷२५ हजार रहेको छ ।महिला तर्फ प्रथम पुरस्कार ६० हजार ,द्धितिय पुरस्कार ३० हजार ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५÷१५ हजार रहेको छ ।त्यसै गरी ११ गते हुने पुरुष छेलो तर्फ प्रथम पुरस्कार नगद रु १० हजार ,द्धितिय पुरस्कार नगद रु ५ हजार, तृतीयलाई नगद रु २ हजार र सान्त्वनालाई नगद रु १ हजार रहेको छ । पुरुष छेलो तर्फ पनि निःशुल्क दर्ता गर्न सकिने छ ।
गाउँ पालिकाकी उपाध्यक्ष सिता अधिकारीका अनुसार यस वर्ष महिला तथा पुरुष भलिबल प्रतियोगिता सँगै पुरुष छेलो पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै बडी रौनकता थपिने जानकारी दिइन् । कार्यक्रममा “महिला तर्फको पुरस्कार राशि कम भएको हो कि ?” भनेर पत्रकारले सोधिएको प्रश्नमा अधिकारीले, विगतका वर्षमा महिला भलिबल प्रतियोगितामा अपेक्षित समूहको सहभागिता पर्याप्त नभएको हुँदा यस वर्ष पुरानो पुरस्कार राशिलाई केही घटाइएको बत्ताइन । उक्त घटाइएको राशिलाई नयाँ विधा पुरुष छेलो तर्फ व्यवस्थापन गरिएको समेत उल्लेख गरिन ।
माछापुच्छ्रे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले प्रेस वक्तव्य प्रस्तुत गर्दै ,गाउँपालिकाभित्र आयोजना गरिने विभिन्न कार्यक्रमहरू मध्यकै ठुलो राशिको पुरस्कार राखिएको कार्यक्रम अध्यक्ष कप भएको बताए । चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा बडी भन्दा बडी सहभागिता जनाउने लक्ष्यका साथ टिम शुल्क निःशुल्क गरेको र सम्बन्धित खेलाडीहरूमा पत्रचार तथा विभिन्न प्रचार प्रसारको माध्यम बाट सूचना प्रवाह गरिएको जानकारी दिए । उक्त प्रतियोगितामा सहभागी हुने खेलाडी र टोलीहरूले उत्साहका साथ प्रतिस्पर्धा गर्ने विश्वास समेत व्यक्त गरे ।
माछापुच्छ्रे–४, लाहाचोकका वडा अध्यक्ष मधुसूदन अधिकारीले उक्त प्रतियोगिताले लाहाचोक सँगै गाउँपालिका क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै खेलकुद क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे। त्यसै गरी, व्यवस्थापकीय पक्षतर्फ खेलमैदानको मर्मत सम्भारदेखि लिएर प्रतियोगिता अवधिभर हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै खेलाडी तथा दर्शकको सुरक्षाका लागि एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा व्यवस्थापन तथा स्वयंसेवक परिचालन समेत गरिएको जानकारी दिए ।
पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका भित्रको जनसुकै तह र स्तरका खेलाडीहरू समावेश गर्न पाइनेछ । महिला भलिबल खेलमा राष्ट्रिय खेलाडी १ जना समावेश गर्न सकिने माछापुच्छ्रे« गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुम् बहादुर गुरुङले जानकारी दिए ।
माछापुच्छ्रे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सामाजिक विकास समिति संयोजक एवं वडा न।९ का अध्यक्ष हरि बहादुर क्षेत्री ९राजेन्द्र०ले र सञ्चालन खेलकुद विकास समितिका सदस्य सचिव हुम् बहादुर गुरुङले गरे ।
पोखरा ।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा डा. अनिल सुवेदी आर्थिक सहयोग गरेका छन् । कृषि वैज्ञानिक डा. सुवेदीले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । कृषि तथा वातावरण विज्ञ डा. सुवेदीले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
जैविक विविधता, अनुसन्धान र विकासका लागि स्थानीय पहल (लि–बर्ड) का पुर्व कार्यकारी निर्देशक समेत रहेका डा. सुवेदीले फोटो पत्रकारको हितका लागि फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए ।सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले डा. सुवेदीलाई धन्यवाद ज्ञापन गरे ।
उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।
पोखरा । नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित देश दौडाहामा जान “विश्वको उत्कृष्ट गन्तव्य नेपाल” अंकित विशेष सवारीको भव्य अनावरण गरिएको छ । उक्त सवारीको अनावरण मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्दले गर्नुभएको हो । कास्कीको मनोक्रान्ति स्थलमा आयोजित एक औपचारिक समारोहबीच यस महत्वाकांक्षी अभियानको सुरुवात गरिएको हो ।
विगत १५ वर्षदेखि देशका विभिन्न भू-भागमा पुगेर स्थलगत रूपमा उपस्थित भएर त्यहाँका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा त्रिकोण क्यानभासमा उतारेका प्रज्ञा नगेन सिंह ठकुरीले यसपटकको यात्रालाई अझ व्यापक र उद्देश्यपूर्ण बनाउँदै ७७ जिल्लामा नै कला यात्रालाई नयाँ उचाइ दिने लक्ष्य राखेको जानकारी दिनुभयो ।
यस अभियानअन्तर्गत देशका सबै जिल्लाबाट सिर्जित कलाकृतिहरूलाई समेटेर तयार पारिएको ‘नेपाल कला यात्रा’ नामक पुस्तकलाई समेत ७७ वटै जिल्लामा लैजाने ठकुरीले बताउनुभयो । अभियानको अर्को महत्वपूर्ण पक्ष भनेको अभियानलाई गिनीज वल्र्ड रेकड्र्समा दर्ता गराउने तयारी समेत भइरहेको छ । त्यसका लागि ५ लाख नेपालीबाट जनही एक सय रुपैयाँ संकलन गरी ‘जनप्रकाशक’ बनाउने योजना अघि सारिएको समेत आयोजकले जनाएको छ । जसले नेपाली कला र पर्यटन प्रर्वद्धनमा जनसहभागिताको नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।
यस कार्यक्रमकै अवसरमा ३५ जना नेपालीले तत्कालै सहयोग गर्दै ‘प्रकाशक’का रूपमा आफ्नो नाम दर्ता गराएका थिए । यससँगै सातवटा पुस्तक बिक्रीसमेत गरिएको छ ।पुस्तक बिक्रीबाट संकलित रकमलाई विश्वका १९६ देशका भाषामा प्रकाशन विस्तार गर्ने लक्ष्य रहेको ७७ जिल्ला प्रत्यक्ष कला भ्रमण तथा नेपाल कला यात्रा पुस्तक वितरण समितक संयोजक तथा नगेन न्यूजका भिडियो जर्नालिस्ट नकुल सिंह ठकुरीले जानकारी दिनुभयो ।
त्यस्तै यस अभियानले कला, पर्यटन र राष्ट्रिय पहिचानलाई एउटै सूत्रमा बाँध्दै नेपाललाई विश्वमञ्चमा नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
पोखरा ।
पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई ज्योति विकास बैङ्क, पोखरा शाखाले कम्प्युटर प्रदान गरेको छ ।बैङ्कको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई १ थान कम्प्युटर हस्तान्तरण गरिएको हो । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा शाखा प्रबन्धक रेशमलाल श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मालाई कम्प्युटर हस्तान्तरण गरे ।
सोही विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका श्रेष्ठले बैङ्कले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको र आफ्नै ठाउँको विद्यालयलाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाले कालिकाका पूर्वविद्यार्थीहरूको प्रगति देखेर विद्यालय परिवारले सधैँ गौरव गर्ने बताउँदै प्रतिभाशाली विद्यार्थी उत्पादनमा कालिका लागिरहेको जानकारी दिए । उनले प्राप्त सामग्रीको सदुपयोग गरेर विद्यार्थीको सिकाइको गुणस्तर वृद्धिका लागि पहल गर्ने बताए ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेका ज्योति विकास बैङ्कलाई धन्यवाद ज्ञापन गरे ।विद्यालयकी सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको स्वागतमा भएको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रुपिन्द्र प्रभावीले गरेका थिए ।
सो अवसरमा बैङ्कका कर्जा अधिकृत दीपेन्द्र शर्मा र सेवाग्राही शाखाकी सविना क्षेत्रीले बैङ्कले दिने सेवासुविधाका बारेमा प्रकाश पारेका थिए ।
पोखरा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४, लाहाचोकमा चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ ।माछापुच्छ्रे गाउँपालिका वडा नं–४,लाहाकोको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घको समन्वयमा चैत्र ११ देखि १४ गते सम्म उक्त प्रतियोगिता लाहाचोक –४,को महेन्द्र मा.बिको खेलमैदान सञ्चालन हुने गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले जानकारी दिए ।
स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा बडी भन्दा बडी सहभागिता जनाउने लक्ष्यका साथ टिम शुल्क निःशुल्क गरिएको माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिए ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितिय पुरस्कार १ लाख र ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु २५÷२५ हजार रहेको छ ।महिला तर्फ प्रथम पुरस्कार ६० हजार ,द्धितिय पुरस्कार ३० हजार ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५÷१५ हजार रहेको छ ।
त्यसैगरी ११ गते हुने पुरुष छेलो तर्फ प्रथम पुरस्कार नगद रु १० हजार ,द्धितिय पुरस्कार नगद रु ५ हजार, तृतीयलाई नगद रु २ हजार र सान्त्वनालाई नगद रु १ हजार रहेको छ । पुरुष छेलो तर्फ पनि निःशुल्क दर्ता गर्न सकिने छ ।महिला तथा पुरुष भलिबल प्रतियोगिता सँगै यस वर्ष पुरुष छेलो पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै बडी रौनकता थपिने गाउँ पालिकाकी उपाध्यक्ष सिता अधिकारीले जानकारी दिइन् ।माछापुच्छ्रे–४, लाहाचोकका वडा अध्यक्ष मधुसूदन अधिकारीले यो प्रतियोगिताले गाउँपालिका साथै माछापुच्छ्रे«–४,लाहाचोकको पर्यटन सँगै खेल क्षेत्रको प्रवर्द्धन गर्न पनि मद्दत मिल्ने विश्वास लिएको बताए ।
पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका भित्रको जनसुकै तह र स्तरका खेलाडीहरू समावेश गर्न पाइनेछ । महिला भलिबल खेलमा राष्ट्रिय खेलाडी १ जना समावेश गर्न सकिने माछापुच्छ्रे« गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुम् बहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन चैत्र १० गते सोमवार दिनको ठिक ३ बजे भित्र टिम दर्ता गरिसक्नुपर्ने पालिबाट सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ ।
पोखरा।
पोखराको व्यावसायिक क्षेत्रलाई गतिशील बनाउँदै आएको पोखरा ट्रेड मलमा नयाँ सञ्चालक समिति चयन भएको छ। नवगठित समितिले संस्थाको समग्र व्यवस्थापन, सेवा विस्तार तथा ग्राहकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै काम अघि बढाउने प्रतिबद्धता जनाएको छ।
नयाँ सञ्चालक समितिमा अध्यक्षमा दीपक कुमार मुल्मी, प्रबन्ध निर्देशकमा सौगात थापा तथा सदस्यहरूमा सन्तोष कुमार घिमिरे, शिव शर्मा, राम कुमार श्रेष्ठ, नगेन्द्र प्रसाद पोखरेल र हरिश चन्द्र तिवारी चयन भएका छन्।
नवनियुक्त अध्यक्ष मुल्मीले पोखरा ट्रेड मललाई अझ व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए। “हामीले व्यापार व्यवसायको बदलिँदो प्रवृत्तिलाई ध्यानमा राख्दै मलभित्रका सेवा तथा सुविधालाई थप स्तरोन्नति गर्नेछौं,” उनले भने, “ग्राहकको सन्तुष्टि र व्यवसायीको सहजता नै हाम्रो मुख्य लक्ष्य हुनेछ।”
त्यस्तै, प्रबन्ध निर्देशक थापाले मललाई पोखराको उत्कृष्ट व्यापारिक गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको उल्लेख गरे। “हामी डिजिटल प्रविधिको प्रयोग, प्रभावकारी व्यवस्थापन प्रणाली र आकर्षक व्यापारिक वातावरण निर्माणमा जोड दिनेछौं,” उनले भने, “नयाँ योजनामार्फत ग्राहकको आकर्षण बढाउनुका साथै व्यवसायीहरूलाई पनि थप अवसर सिर्जना गरिनेछ।”
नवगठित समितिले व्यापार प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम, छुट योजना तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्ने तयारी गरेको छ। साथै, मलभित्रको पूर्वाधार सुधार, पार्किङ व्यवस्थापन र सुरक्षालाई अझ सुदृढ बनाउने योजना समेत अघि सारिएको छ।
स्थानीय व्यवसायी तथा उपभोक्तामाझ नयाँ समितिले सकारात्मक ऊर्जा थप्ने विश्वास गरिएको छ। पोखरा ट्रेड मललाई अझ सशक्त र आकर्षक व्यापारिक केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्यसहित नयाँ नेतृत्वले आफ्नो कार्ययोजना अघि बढाएको जनाएको छ।