२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

“काठमाडौंको बौद्धमा डेढ करोडसहित पक्राउ परेका चिनियाँ नागरिक बोधिचित्त माला कारोबारी”

काठमाडौं महानगरपालिका–६, बौद्धको नयाँबस्तीबाट स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका चिनियाँ नागरिक वाङ जियान बोधिचित्तको माला कारोबारी भएको खुलासा भएको छ। आइतबार राति १० बजे प्रहरीले उनको डेरामा छापा मारेर उक्त रकम बरामद गरेको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, पक्राउ परेका वाङले आफूलाई बोधिचित्तको माला खरिद गर्न नेपाल आएको बताएका छन्। “उनले बोधिचित्तको माला किन्न आएको दाबी गरेका छन्, र यो सिजन पनि माला खरिदको हो। तर, रकमको स्रोत खुलाउन नसकेकाले उनलाई नियन्त्रणमा लिइएको छ,” बोहोराले भने। प्रहरीले उक्त रकम हुन्डी कारोबारबाट आएको हुन सक्ने अनुमान गरेको छ।

पक्राउ परेका वाङ डेढ महिनाअघि भिजिट भिसामा नेपाल आएका थिए र उनले आफ्नो भिसालाई व्यवसायिक भिसामा परिणत गर्ने तयारी गरिरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूले बताएका छन्। काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार, जिल्ला अदालत काठमाडौंबाट विस्तृत अनुसन्धानका लागि म्याद लिएर थप जाँच भइरहेको छ।

जानकारहरूका अनुसार, २०७०/७१ तिर तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो प्रवचनमा बोधिचित्तको महत्वबारे व्याख्या गरेपछि यसको माग र मूल्य ह्वात्तै बढेको हो। चीनमा बोधिचित्तको माला उच्च मूल्यमा बिक्री हुने भएकाले नेपालको तिमाल क्षेत्रबाट यसको लुटपाटसमेत हुने गरेको समाचार बेलाबेला आउने गरेको छ।

प्रहरीले वाङको रकमको स्रोत र उनको कारोबारको वास्तविकता पत्ता लगाउन गहन अनुसन्धान गरिरहेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।