काठमाडौं महानगरपालिका अन्तर्गत तारकेश्वर नगरपालिका–८ स्थित नेपालटारमा चोरीको घटना घटेको छ।

नेपालटारस्थित टुसाल चौरमा डेरा गरी बस्ने नुवाकोटको किस्पाङ गाउँपालिका–५ की २४ वर्षीया शारदा मिश्रको कोठाबाट ५ लाख ५७ हजार ९० रुपैयाँ बराबरको सुनका विभिन्न गरगहना बिहीबार दिउँसो चोरी भएको हो।
प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्तिहरू हालसम्म पक्राउ पर्न सकेका छैनन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।









